२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
भिडियो

प्रधानमन्त्री कार्कीको विश्लेषणः आधासरो जनता भ्रष्टाचारमै रमाइरहेको छ (भिडियोसहित)

प्रधानमन्त्री सुशीला कार्कीले देशको दुर्दशाको मुख्य कारण भ्रष्टाचार नै भएको जिकिर गरेकी छन्। ‘कहाँ कसले खाएको छ, म भन्दिनँ। त्यो अख्तियारले भन्छ, सीआईबीले भन्छ। तर देश सिद्धिएको भ्रष्टाचारले हो, अरू कुनै विदेशी तागत वा शक्तिले होइन,’ प्रधानमन्त्री कार्कीले भनिन्।

नेपाल रिपब्लिक मिडियाको प्रस्तुती फ्रन्टलाइनमा बुधबार कुरा गर्दै उनले भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम भएर लागिपरेको दाबी गरिन्। ‘सुशासन एक दिनलाई होइन, सधैँलाई चाहिन्छ। भ्रष्टाचार नियन्त्रण पनि निरन्तर गर्नुपर्छ,’ उनले भनिन्, ‘अहिले एक थरी कर्मचारीहरू अख्तियारको डरले थरथर भएका छन्। जसले गर्नुपर्ने काम पनि गरिरहेका छैनन्। जसले अकुत कमाएका छन्, उनीहरूको सम्पत्ति छानबिन पनि भइरहेको छ।’

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार हाम्रो समाजको संस्कृतिजस्तै बनिसकेकोमा चिन्ता व्यक्त गरिन्। ‘आधा सरो मान्छे भ्रष्टाचार गरेकोमा खुसी छन्। मौका पाउँदा पनि केही नगर्ने रु भन्ने खालको हाम्रो संस्कृति नै बन्न लाग्यो,’ उनले भनिन्, ‘आफ्ना मान्छेले गरे ठिक, अर्काले गरे बेठिक भन्ने प्रवृत्ति समाजमा हावी छ।’ 

प्रकाशित: ४ मंसिर २०८२ १३:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App