२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
भिडियो

राजनीतिमा लाग्ने-नलाग्नेबारे निर्णय गरेको छैनः जगदीश खरेल (भिडियोसहित)

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी दिनमा सक्रिय राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने विषयमा आफूले कुनै निर्णय नगरेको बताएका छन्।

‘नागरिक फ्रन्टलाइन’ मा कुराकानी गर्दै सरकारका प्रवक्ता, मन्त्री खरेलले निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रस्ताव आए पनि आफू भने अहिले नै राजनीतिमा होमिन अनिर्णित रहेको स्पष्ट पारेका हुन्।  

मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।  

मन्त्री भएर सिंहदरबार छिर्दा धेरै सपना बोकेर गए पनि ६ महिनाको छोटो अवधिमा ती सपना पूरा गर्न नसकिने रहेछ भन्ने बोध भएको उनले बताए।

उनले छोटो समयमा धेरै काम गर्न नसके पनि इमान्दार प्रयास गरेको र बाँकी जीवन पनि देश र जनताकै लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २७ पुस २०८२ १६:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App