५ वैशाख २०८१ बुधबार
भिडियो

संघीयता र राजसंस्थाका विषयमा उम्मेदवारबीच चर्काचर्की

नागरिक निर्वाचन बहस २०७९

काठमाडौ क्षेत्र नम्बर १० मा नेकपा माओवादी केन्द्रबाट अन्जना विशंखे उम्मेदवार बनेकी छिन्। र, त्यहाँ सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका राजेन्द्र केसी उम्मेदवार छन् भने एमालेबाट हिमेस केसीले उम्मेदवारी दिएका छन्। नागरिक निर्वाचन बहसमा सहभागी अन्जना विशंखे भन्छिन, ‘गठबन्धनबाट बाहिर म भएको होइन। दुई पटक जितिसक्नु भएको राजेन्द्र केसीमा दम्भ पैदा भयो। उहाँले मान्नु भएन। माओवादी चाहिदैन। माओवादी नभएपनि हामी मजाले निर्वाचन जित्न सक्छौं भन्नुभयो। नेपाली कांगे्रसबाट उम्मेदवारी ल्याउनुभयो। सही कुरा भन्दा राजेन्द्र केसीले मान्नुभएन मैले उम्मेदवारी दिए।’ विशंखे निर्वतमान संसदकी समानुपातिक तर्फकी सांसद पनि हुन। उनले समानुपातिक सदस्यलाई दोस्रो दर्जाको व्यवहार गरिएको दूखेसो पनि पोखिन्। विशंखेका अनुसार प्रदेशसभाका उम्मेदवारमा कुरा नमिलेपछि यो अवस्था आएको हो। हामीले यो नागरिक बहसमा विशंखेसहित राप्रकाका उम्मेदवार बलराम थापा पनि निम्त्याएका छौं। विशंखे र थापाबीच संघियता र राजसंस्थाका बारेमा चर्काचर्की पनि भएको छ। थापाले मुलुकको सर्वग्र अवस्था बिग्रिएको उल्लेख गर्दै नेपाली जनताले राजसंस्था खोजेको दाबी गरे। संघियता खारेज गर्नुपर्ने तर्क अघि सारे। निर्वाचन बहसको दोस्रो भागमा काठमाडौ १० कै गठबन्धन उम्मेदवार नेपाली कांग्रेसका राजेन्द्र केसी र एमालेका हिमेस केसीलाई हेर्न र सुन्न सक्नुहुनेछ। राजेन्द्र केसीले यही क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई हराएका थिए। केसीले यो क्षेत्रबाट दुई पटक निर्वाचन जितेका थिए। गठबन्धनका उम्मेदवार केसी र एमाले उम्मेदवार केसी आफन्त हुन। उनीहरुबीच नजिकको पारिवारीक सम्बन्ध छ । 

यसपछि हामी दोस्रो भाग प्रशारण गर्दैछौ। त्यो पनि हेर्न नभुल्नुहोला।

प्रकाशित: ४ कार्तिक २०७९ १४:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App