१६ चैत्र २०८० शुक्रबार
भिडियो

सुन्दरहरैंचा सम्भावना भएको नगरपालिका होः प्रमुख गुरागाई

मोरङको सुन्दरहरैंचा नगरपालिका भित्रका सडकहरू व्यवस्थित हुँदै गएको र अब जोड्ने काम मात्रै बाँकी रहेको नगरप्रमुख केदार प्रसाद गुरागाईले बताएका छन्। विकासको पुरानो परिभाषा भौतिक पूर्वाधार मात्रै नभइ कृषि, स्वास्थ्य, शिक्षा, मानवीय सचेतना, उद्यमशीलतालाई प्राथमिकता राखेर योजना अघि बढाउनुपर्ने र यसको दृष्टिकोणमा संघ र प्रदेश सरकारले पनि सुधार्नुपर्ने प्रमुख गुरागाईले बताए। नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा नगरप्रमुख केदार प्रसाद गुरागाईले सुन्दरहरैंचा क्षेत्रमा चारकोसे झाडीलाई पर्यटकीय स्थलको रूपमा अघि बढाएर रोजगारीको अवसर सिर्जना गर्न सकिने धारणाा राखेका थिए।

प्रकाशित: ७ आश्विन २०७९ १०:११ शुक्रबार