१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

महामारी नियन्त्रणको निर्विकल्प उपाय नै खोप हो : डा. शेरबहादुर पुन

नेपालमा मंगलबारदेखि कोरोना भाइरसविरुद्ध खोप अभियानको नयाँ चरण सुरु हुने भएको छ। चीनले अनुदानस्वरूप दिएको भेरोसेल खोप काठमाडौं उपत्यकामा ६०–६४ वर्ष उमेर समूहका र अन्य जिल्लामा ६२–६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने खोप शाखाले जनाएको छ।  

देशका सबै जिल्ला जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा रहेको कोभिड १९ विरुद्धको खोप समितिले खोप केन्द्र र खोप अभियानको समय तोक्ने व्यवस्था गरिएको छ।  

अहिलेका सन्दर्भमा खोप निर्विकल्प उपाय भएको भन्दै संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले  नागरिकलाई खोप निर्धक्क भएर लगाउन सुझाव दिएका छन् ।  

‘अहिले विकास भएको खोप निर्धक्क भएर लगाउँदा हुन्छ । खोपले संक्रमण भएर जटिल अवस्थामा जान रोक्ने’, उनले भने , नेपालमा प्रयोगमा ल्याइएको खोपको प्रभावकारिता देखिएको छ । अहिले नेपालमा दुवै डोज खोप लगाएकारु पनि संक्रमित भएका छन् । तर उनीहरुमा लक्षण सामान्य मात्रै देखिएको छ । खोपले काम गरेको पाइएको छ ।’  

खोप सबै नागरिकलाई पुर्याउन सके संक्रमण कम गर्न सकिने डा. पुनको भनाइ छ ।  

‘यदि अर्काे लहर आयो भने पनि सबैलाई खोप लगाईसक्यो भने अहिलेको जस्तो अवस्था सिर्जना हुँदैन । दोस्रो लहर आउनु अघि सबैलाई खोप दिइएको भएको अहिलेको मृत्युदर कम हुन्थ्यो । धेरै मानिसको ज्यान बच्न सक्थ्यो । मानवीय क्षति कम हुन्थ्यो’, उनले भने ।  

प्रकाशित: २५ जेष्ठ २०७८ १२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App