८ वैशाख २०८१ शनिबार
भिडियो

नेपालको शिक्षा प्रणालीले उद्योमीहरु जन्माउन सक्दैन : भुवन कुमार दाहाल

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले नेपालको शिक्षा प्रणालीले उद्योमीहरु जन्माउन नसक्ने बताएका छन्। नेपाल रिपब्लिक मिडियाको कार्यक्रम ह्यास्ट्याग २०३० मा बोल्दै अध्यक्ष दाहालले कमजोर शिक्षा प्रणालीका कारण नेपाली युवाहरुले लगानीका लागि ऋण पाउन नसकेको बताए।

उनले नेपाली युवाहरुमा अनुभवको अभावका कारण ऋण पाउन नसकेको समेत बताए। ‘नेपाली युवाहरुले विश्वसनीय प्रस्ताव पेश गर्न जसक्दा ऋण पाउन सकेका छैनन्,’ उनले भने,‘अनि हाम्रा युवाहरुसँग आवश्यक अनुभवको अभाव छ।’

विश्वसनीय प्रस्तावहरु आएमा बैंकहरु लगानी गनए तयार रहेको उनको दाबी छ।बैंकिङ क्षेत्र आजभोलि नयाँ बैंक खोल्नमा भन्दापनि डिजिटल बैंकिङमा केन्द्रित भएको उनको भनाई छ।

प्रकाशित: १० पुस २०७७ १२:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App