लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलानलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ। नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा उनलाई सम्मान गरेको हो । घलान लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका लागि लडिरहेकी छिन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यही मङ्सिर २७ गतेबाट सुरु हुने पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई राष्ट्रियता, लोकतन्त्र र संविधानमाथि आएको सङ्कटविरुद्ध जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसरका रूपमा व्याख्या गरेका छन्।
पहिलो क्वालिफायरमा हार्ने र एलिमिनेटरमा जित्ने टोलीबिच ‘दोस्रो क्वालिफायर’ खेल हुनेछ। पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेता टोली फाइनल खेल्नेछन्।
उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का महासचिव मोहम्मद गोलाम सरवरले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज शिष्टाचार भेटवार्ता गरेका छन्।