‘सी फर्स्ट’ नामको नयाँ फिचरले फेसबुक फिडमाथि प्रयोगकर्ताको नियन्त्रण अधिकार बढाइदिएको हो। यो सुविधा प्रयोग गरेर तपाइँले आफ्नो कुन चाहिँ फेसबुक फ्रेन्डको फिड सुरुमै हेर्ने हो तपाइँ आफै निश्चित गर्न सक्नुहुन्छ। आफूले लाइक गरेका पेजमध्ये कुन चाहिँ मिडियाको न्युजफिड पहिला हेर्ने हो तय गर्न सक्नुहुन्छ। त्यसका लागि आफ्नो फेसबुक फ्रेन्डलाई ‘सी फर्स्ट’ सूचिकृत गर्नुपर्ने हुन्छ। यसरी ‘सी फर्स्ट’ सूचिकृत फेसबुक फ्रेन्डको स्ट्याटस अपडेट तपाइँले सधैँ पहिला देख्न सक्नुहुनेछ।
‘सी फर्स्ट’को फिचर सुविधा अहिलेलाई आइओएस अपरेटिङ सिस्टम भएका डिभाइसमा मात्र उपलब्ध हुनेछ। एन्ड्रोइड र डेस्कटप भर्सनका लागि भने केही समय पर्खनु पर्ने फेसबुकले उल्लेख गरेको छ।
प्रकाशित: ३० असार २०७२ ०४:२६ बुधबार





