यसका लागि तपाईंले आफ्नो स्मार्टफोनमा एउटा एप डाउनलोड गर्नुपर्नेछ। जसको मोबाइल एपमा दर्ता गरिएको छ, त्यही मोबाइलको प्रयोग गरेर मात्र स्मार्ट ताला खोल्न सकिन्छ। यस एपमा दर्ता गरिएका परिवारका कुनै पनि सदस्यले तपाईंको स्मार्टफोनको प्रयोग गरेर उक्त ताला खोल्न सक्नेछन्।
यस्तो एपमा एकै व्यक्तिले सिर्जना गर्न सक्ने एक विशेष कोड समावेश गर्नुपर्नेछ। आगस्टाले बनाएको यस्तो तालाको मूल्य २ सय ५० अमेरिकी डलर पर्छ भने यो एप डाउनलोड गर्नका लागि त्यति नै शुल्क अरु तिर्नुपर्ने कम्पनीले जनाएको छ।
मान्नुस्, घरका ४ जनाले आगस्टाको लक एप्लिकेशन डाउनलोड गरेका छन्। तर, उनीहरुले एपमा विशेष कोड हालेपछि मात्रै स्मार्ट ताला खोल्न सक्छन्। तपाईँले कोडको समयसीमासमेत सेट गर्न सक्नुहुनेछ। समय सकिएपछि तपाईंको परिवारका अन्य सदस्यसँग लक कोडको पहूँच नै टुट्नेछ।
स्मार्ट तालाका विषयमा सुन्दा जति रोचक र आकर्षक लाग्छ, त्यति मात्रामा सुरक्षा एजेन्सी यस तालाप्रति उत्साहित छैनन्। किनभने, स्मार्टफोन वा मोबाइल फोन कहिलेकाँही ह्याक पनि त हुनसक्छ। तपाईंको स्मार्टफोन एक पटक ह्याक भयो भने तपाईंले घरमा लगाउनु भएको स्मार्ट ताला कसरी खोल्नु होला र? यस्तो अवस्था कुनै दोस्रो उपाय अवलम्बन गर्नुपर्ने वा बाहिरै बस्नुपर्ने अवस्था पनि नआउला भन्न चाहिँ सकिन्न।
प्रकाशित: २६ चैत्र २०७१ २३:२६ बिहीबार





