यही मोडलको आइफोन उत्पादनका लागि एप्पलले विस्टानसँग साझेदारी गर्नेछ। समाचारका अनुसार यी मोडलमा गोरिल्ला ग्लासले सुरक्षा प्रदान गर्नेछ। यसले गर्दा स्त्रि्कनमा कुनै किसिमको खतरा हुने छैन।
आइफोन ६ एसको दुवै संस्करणमा भने एप्पलले ए ९ चिपको प्रयोग गर्नेछ। यी सबै मोडलमा फिंगरप्रिन्ट प्रविधि पनि समावेश हुनेछन्। कम्पनीका अनुसार यी मोडलमा क्यामराको नयाँ प्रविधि पनि जडान गरिनेछ। जहाँ तीनवटा सेन्सर समावेश गरिएका हुनेछन्। एप्पलले हालसालैमात्र लाइट स्प्लिटरसँग डिजिटल क्यामराको प्याटेन्ट गराएको छ। यसले तस्बिरको गुणस्तरमा ध्यान दिनेछ।
एप्पलको पछिल्लो उत्पादन आइफोन सिक्स र सिक्स प्लसले कम्पनीलाई नयाँ उचाइ दिलाएको छ। यसको बिक्रीले एप्पलले इतिहासमै पहिलोपल्ट १८ अर्ब अमेरिकी डलर मुनाफा कमाएको थियो।
एप्पलले हालसालै बहुप्रतीक्षित एप्पल घडी सार्वजनिक गरेको थियो। उसले अहिलेसम्मै पातलो ल्यापटपसमेत लन्च गरेको थियो।
प्रकाशित: १९ चैत्र २०७१ ०२:३६ बिहीबार




