१ माघ २०८२ बिहीबार
image/svg+xml
प्रविधि

एन्ड्रोइडमा जिमेलको अपडेट, कस्ता छन् सुविधा?

गुगलले एन्ड्रोइड मोबाइललाई लक्षित गरेर जिमेल अकाउन्डमा केही परिवर्तन गरेको छ। नयाँ परिवर्तनअनुसार जिमेल इन्बक्सका सबै म्यासेज एकै ठाउँमा आउनेछन्। यसअघि इन्बक्समा आउने म्यासेजलाई छुट्टाछुट्टै खोल्नुपर्थ्यो।

अब 'अल इन्बक्सेस' खोलेपछि प्राइमरी, सोसल, प्रमोसन र अपडेट क्याटेगोरी एकै पटक देखिन्छ।mobile-drawer-shot-copy

गुगलले एन्ड्रोएड फोनका लागि उपयोगी मानिएको यो फिचर सुरु गर्न लामो समय लगायो। आइओएसले भने एप्पल मोबाइल प्रयोगकर्तालाई यो फिचर डिफल्टमै राखिदिएको थियो।

यो कसरी पहिलेकोभन्दा राम्रो भन्ने गुगलले खुलाएको छैन। प्रयोग गर्दा इनबक्समा आएको म्यासेज कन्टेनको साइजले अटो कम्लिट छिटो वा ढिलो हुने जनाउनेछ।

attachment-preview-final

अप्डेटेड एप्पको अर्को फिचरमा अन्य म्यासेन्जर वा अकाउन्टबाट आएका म्यासेजलाई पनि सहजै हेर्न मिल्छ। यसबाट जिमेल एन्ड्रोइडबाहेक याहु, आउटलुक लगायतका अकाउन्टहरुमा पनि कुराकानी गर्न सकिन्छ।

conversations-view-final

नयाँ फिचरमा एकै ट्यावमा धेरै फाइल एट्याच गर्न मिल्छ।

 

प्रकाशित: १९ चैत्र २०७१ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App