२९ पुस २०८२ मंगलबार
image/svg+xml
प्रविधि

ट्विटरको भिडियो लाइभ एप कस्तो छ?

तपाइँ ट्विटर प्रयोगकर्ता गर्नुहुन्छ भने एउटा खुसीको खबर छ। ट्विटरले आफ्ना प्रयोगकर्ताका लागि स्मार्टफोनबाटै भिडियो लाइभ गर्ने सुविधा थप गर्दैछ। यो सुविधा केही पहिले उसले मिर्काटमार्फत् दिएको थियो। आइओएस एप मिर्काटमा धमाधम प्रयोगकर्ता बढ्दै गएपछि अहिले उसले आफ्नै पेरिस्कोप एपमार्फत दुई तीन पटकको ट्यापसपछि तुरुन्तै मोबाइलबाट लाइभ गर्न सक्ने सेवा सुरु गरेको हो।

 

सोसल मिडियामा सभ्य र अफिसियल सेवाको परिचय बनाइसकेको ट्विटरले सुरु गरेको यो सेवामार्फत प्रयोगकर्ताले आफूले जे देख्यो भिडियोमार्फत विश्वलाई तुरुन्त सेयर गर्न सक्छन्।

मिर्क्याट र पेरिस्कोप दुवै सस्तो शुल्कमा सजिलै भिडियो लाइभ गर्न सकिने प्रविधि हुन्। यद्यपि मिर्क्याट लाइभ स्ट्रिमिङ्को छुट्टै एप हो भने पेरिस्कोप ट्विटरको आफ्नै लाइभ स्ट्रिमिङ सेवा हो। पेरिस्कोपलाई ट्विटरले आफ्नो मेसेजिङ एप्पमै एकीकरण गर्छ वा स्वतन्त्र एपकै रुपमा छोड्छ भन्ने यकिन भइसकेको छैन। पेरिस्कोमामार्फत दर्शकसँग सजिलै जोडिन सकिन्छ।

कसरी प्रयोग गर्ने?

पेरिस्कोपमार्फत् सेवा तपाईँको मोबाइलमा सुरु गर्न एउटा बक्समा के लाइभ गर्ने भन्ने खुलाएपछि स्ट्रिममा क्लिक गर्नु पर्नेहुन्छ। त्यसपछि तपाईँलाई उक्त एप्समार्फत फलो गर्नेले तपाईँले लाइभ गरिरहनु भएको छ भन्ने थाहा पाउँछ। फलोअर्सले भिडियो हेर्न सक्छन्। र तपाईँलाई म्यासेज पठाउन सक्छन्। त्यस्तै, तुरुन्तै तपाईँले पोष्ट गरेको भिडियो कति जनाले हेर्दैछन् भन्ने पनि थाहा हुनेछ। तपाईँले लाइभ बन्द गरेपछि भने भिडियोपछि हेर्न पाइने छैन।

ट्वीटर प्रयोगकर्तालाई लाइभ भिडियो सेयरिङ गर्न सजिलो होस् भनेर पेरिस्कोप खरिद गरेको बताएको छ। पेरिस्कोपको परीक्षण भइरहेकाले सबै ट्विटर प्रयोगकर्ताले अहिले नै यसको उपयोग गर्न पाउने छैनन्। यसका निम्ति कम्पनीको निम्तो आवश्यक हुन्छ।

भिडियो

प्रकाशित: १३ चैत्र २०७१ ०२:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App