१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रविधि

ओप्पोको पहिलो फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण

काठमाडौं – ओप्पोकोे पहिलो फाइभजी स्मार्टफोन, स्पोर्टन इन्टरनेसनल इन्कद्वारा आयोजित फाइभजी सीई परीक्षण सफलतापूर्वक उत्तीर्ण भएको कम्पनीले घोषणा गरेको छ। 

सँगै कम्पनीको पहिलो फाइभजी स्मार्टफोनलाई सीटीसी एडभान्स्ड जीएमबीएचले फाइभजी सीई सर्टिफिकेट प्रदान गरिएको बताएको छ। स्पोर्टन इन्टरनेसनल इन्क एक वैश्विक निरीक्षण सेवा प्राधिकरण हो।

एमडब्ल्यूसी २०१९ मा प्रदर्शित ओप्पोको फाइभजी स्मार्टफोन, सीटीसीद्वारा स्वीकृत पहिलो मल्टी फ्रिक्वेन्सी, मल्टी मोड र मल्टी ईएन–डीसी कम्बिनेसन फाइभजी स्मार्टफोन हो। यसले विभिन्न देश तथा क्षेत्रमा लागु गर्न सकिने अधिक ब्यान्ड कम्बिनेसन र बृहत् ब्यान्डविथ जस्ता एन ७८ ब्यान्डका फाइदाहरु पनि प्रदान गर्ने कम्पनीको दाबी छ।  

यो प्रमाणीकरणलाई युरोपमा फाइभजी स्मार्टफोनको व्यावसायिक लन्चका लागि एक महत्वपूर्ण कदमका रुपमा कम्पनीले हेरेको बताएको छ। ओप्पोको सीई प्रमाणीकरणले फाइभजी उपकरण युरोपियन बजार प्रवेशका लागि आवश्यक वायरलेस, इलेक्ट्रो म्याग्नेटिक अनुकुलता, स्वास्थ्य र सुरक्षालगायत आवश्यक ईयू मापदण्डमा सफल रहेको प्रमाण पनि दिएको छ। 

‘यो प्रमाणिकरण फाइभजी विकासमा ओपोका लागिएक महत्वपूर्ण कोशेढुङ हो । निरन्तर प्राविधिक नवप्रवर्तनका साथ हामी उत्साहपूर्वक फाइभजी स्मार्टफोनको व्यावसायीकरणका लागि बृहत रुपमा तयारी गरिरहेका छौँ,’ ओप्पोका ग्लोबल भाइस प्रेसिडेन्ट तथा हेड अफ बिजनेस ओभरसिज मार्केट एलेन वुले भने, ‘ उपभोक्तालाई फाइभजीसँग थप नजिक ल्याउन स्पोर्टन जस्ता बलिया साझेदारहरुसँग लगातार सहकार्यका लागि हामी उत्साहित छौँ।’

स्पोर्टन इन्टरनेसनल इन्कका चिफ अफ अपरेसन एन्ड इन्जिनियरिङ इभानसीले भने, ‘ताररहित सञ्चारमा हाम्रो समृद्ध अनुभवमार्फत स्पोर्टनले आपोसँग फाइभजी कनेक्टिभिटी उत्थानका लागि सहकार्यलाई निरन्तरता दिनेछ।’ 

कम्पनीले आफ्ना केही अपरेटर पार्टनरका साथमा वैस्विक रुपमा फाइभजी उत्पादन तथा सेवाको व्यावसायीकरणका लागि भर्खरै आफ्नो ‘फाइभजी ल्यान्डिङ प्रोजेक्ट’ सार्वजनिक गरेको छ। सन् २०१९ को पहिलो ६ महिनाभित्रै आफ्नो पहिलो फाइभजी स्मार्टफोन बजारमा ल्याउने ओप्पोले जनाएको छ। 

 

प्रकाशित: ८ चैत्र २०७५ ०५:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App