१६ चैत्र २०८० शुक्रबार
प्रविधि

चीनले बनायो रोबट पत्रकार

बेइजिङ – चीनले प्रतिसेकेण्ड ३०० शब्द लेख्न सक्ने जिआओ नान नामक रोबट पत्रकारको आविष्कार गरेको छ । 

चीनको उक्त आविस्कारसँगै  हातले लेख्ने पत्रकारको जागीर धरापमा पर्ने खतरा बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  

हरेक प्रकारका लेख लेख्नका लागि तयार रोबट पत्रकारले जुनसुकै विषयवस्तुमा पनि लेख्न सक्ने निर्माण पक्षको दाबी छ । यसले लेखनको साथै विषयवस्तुका बारेमा विश्लेषण समेत गर्न सक्ने बताइएको छ  ।

उक्त रोबट पत्रकारले लेखेको लेख सदर्न मेट्रोपोलिस डेलीले छापिसकेको छ । एक सेकेण्डमा नै कुनै गल्ती बिना लेखिएको उक्त लेख चीनको वसन्त उत्सवका बारेका लेखिएको थियो । 

चीनले बनाएको यस प्रकारको रोबट पत्रकारको चर्चा अहिले विश्वमा छ ।

 

प्रकाशित: २१ वैशाख २०७४ ०७:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App