११ मंसिर २०८१ मंगलबार
image/svg+xml
प्रविधि

लेखकको असल साथी

कृष्णउदय शंकर

जति धेरै लेखकले टि्वट गर्छन्, त्यति नै संसारले थाहा पाउँछ।

करिब साढे चार वर्ष हुँदादेखि नै म लेखक बन्न चाहन्थेँ। पूर्णरूपमा तथ्यपरक हुनका लागि, लेखक बन्ने मेरो अभिलाषा चार महिनाको उमेरदेखि सुरु भएको हो, जतिबेला मैले तोतेबोलीमा केही बोल्न थालेकी थिएँ। तीन दसक र केहीपछि मेरो पहिलो पुस्तक प्रकाशित भयो। मेरो प्रतिक्रिया सम्भवतः म चार महिनाको हुँदाजस्तै थियो।

त्यसपछि मैले दुई दशमलव पाँच खालका लेखकहरु महसुस गरे। पहिलो, उनीहरु केमा जाँदैछन् वा के गर्दैछन् भन्ने कुरा। यी लेखक उद्यमीहरु जसले यसलाई व्यापारिक रुपमा लिन्छन् र हरेक कुरालाई नाफाको रुपमा हेर्छन्। लगाव र उद्देश्यमा रणनीतिक फरक छ भन्छन्। अहिले लेखकको काम पानाहरु फर्काउने मात्र होइन भन्ने कुरामा आफूलाई अङ्गीकार गराउन पनि मैले संघर्ष गरिरहेको छु। अहिले, लेखक आफ्नो पुस्तकको सेल्सपर्सन भएको छ।

आखिरमा अरु कसले तपाईंको पुस्तक बिक्री गर्छ?

एउटा तर्क आफैँमा ठोस छ। लेखक आफैँले भन्दा राम्रोसँग अरु कसैले लेखकको पुस्तक बिक्री गर्न सक्दैन। यो ध्रुवसत्य कुरा अन्य मार्केटिङका उपायहरुले पनि समर्थन गरेको छ। यसले देखाएको छ– पाठकहरु शब्दका पछाडिको मानिसबारे थाहा पाउन चाहन्छन्। उनीहरु त्यो व्यक्तिसम्म पहुँच चाहन्छन् र अन्तरक्रिया गर्न चाहन्छन्। सफल लेखकहरुले उनीहरुको दर्शक/स्रोतालाई एक वा अर्को तरिकाले पहुँच दिन्छन् र उनीहरुसँग अन्तरक्रिया गर्छन्। यो सोसल मिडिया, साहित्यिक मेला वा पुस्तक यात्रामार्फत् पनि हुन सक्छ।

त्यसपछि, आलोचनात्मक रुपमा होस् वा व्यावसायिक रुपमा सफल भएका धेरै छन् जसले अहिलेका विभिन्न ससाना कुराहरुमा ध्यान दिन्छन्। यस्ता ससाना कुराहरुमा टि्वटर फलोअर, फेसबुक लाइक्स वा बिक्री हुने संख्या पर्छन्। यस्ता लेखकहरु पानीमा दार्शनिक कमलजस्ता हुँदैनन्।

तपाईं यसमा लड्न सक्नु हुन्न

मैले टि्वटरको निश्चितता मेरो पहिलो पुस्तकको पहिलो तीनप्रति बिक्री हुनासाथ महसुस गरेकी थिएँ। मेरो आमाले दुईप्रति किन्नुभयो भने मेरो श्रीमान्ले तेस्रो प्रति किन्नु भयो। चौथो प्रति बिक्री गर्न भने मुटु नै गाँठो पर्ने दुविधा भयो। नजिकका आफन्तहरुसँग बिक्री गर्न पुग्दा मैले एउटै प्रश्न पटक–पटक सामना गर्नुपर्‍यो। उनीहरुले मलाई सोधे, बच्चा पाउनुको सट्टा किन किताब लेख्ने दुःख गरेको? 

यदि म सोसल मिडियामा थिएँ भने, मैले अपरिचित व्यक्तिहरुलाई पनि मेरो पुस्तक किन्न आग्रह गर्न सक्थेँ। म आफूले सही छनोट गरेकोमा ढुक्क भएँ।

१४० क्यारेक्टरको सीमा भएको टि्वरमा रहनुका धेरै फाइदा छन्। मैले भन्नैपर्छ कि केही सम्पादकहरुले लेखकको समुदायका लागि टि्वटरले गरेको कुरा जे छ, त्यो गर्न सक्छन्। पाठकहरुले ४०० पानाको पुस्तकमा उनीहरुले चाहेको कुरा छ र पूरा पैसा असुल हुन्छ भन्ने कुरा सुनिश्चित हुन चाहन्छन्।

टि्वटरले लेखकलाई अडियन्सको ध्यान तान्न मात्र सिकाउँदैन। यसले तपाईंलाई स्पष्टता र अन्तिम रुपलाई सम्झौता नगरी सटिक लेख्न सिकाउँछ। यसले तपाईंको दर्शक/स्रोतासँग सम्पर्कमा रहिरहन र अल्भि्करहन पनि सिकाउँछ।

संसार बदल्दै, एक पल्टमा एउटा टि्वट

टि्वटरबिनाको समाज विश्वव्यापी अर्थतन्त्रका लागि पनि क्षति हो। हरेक उद्योगको माग र आपूर्तिको बल पुस्तकमा पनि लागु हुन्छ। त्यसैले, टि्वटरले पाठकहरुलाई कुनै लेखकको पुस्तक पढाउनका लागि यकिन बनाउन सहयोग गर्छ। टि्वटरले हरेक लेखकभित्र रहेको जीवनको बढ्दो राजनीतिक धकेल्याइँलाई सन्तुष्ट पार्न पनि सहयोग गर्छ। यस्ता व्यक्तिहरुका लागि टि्वटरले एउटा प्लेटफर्मको रुपमा पनि काम गर्छ। राजनीतिक व्यक्तिहरुले धेरै बोल्छन् तर काम कम गर्छन्।

टि्वटरले लेखकको, लेखकका लागि र लेखकबाट संसारलाई बचाइरहेको छ। कसैलाई पनि अन्यथा भन्न नदिनुहोस्। अवश्य पनि १४० क्यारेक्टरभन्दा बढीमा भन्न नदिनुहोस्।

प्रकाशित: २ पुस २०७३ ०५:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App