सोमबारदेखि देशभरका म्यानपावर कार्यालय बन्दको घोषणा, भिसा आएका श्रमिकको उडानसमेत रोकिँदै
आज राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइने भए पनि त्यसपछि भने भिसा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडान रोकिनेछ।
आज राति १२ बजेसम्म प्रक्रिया पूरा गरी उडानको तयारीमा रहेका श्रमिकलाई पठाइने भए पनि त्यसपछि भने भिसा र श्रम स्वीकृति आइसकेका श्रमिकको समेत उडान रोकिनेछ।
नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालका राजनीतिक दल निराशाको कारखानामात्र बनेको आरोप लगाएका छन् ।
नेपाल भ्रमणका क्रममा सेठलाई सोमबार राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ।
करिनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा सैफसँगका विभिन्न छुट्टीका तस्बिरहरू सेयर गरेकी छिन्। यी तस्बिरहरूमा सैफ र करिना लिफ्ट, कार, समुद्र किनार र सूर्यास्तको दृश्यमा निकै रमाइलो गरिरहेका देखिन्छन्। करिनाले यी तस्बिरहरू सैफकै रोजाइका भएको बताइन्।
बैतडी पुगेपछि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर बोलाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिइएको छ।
गण्डकी खेलकुद परिषद् (गखेप) को पद वितरणमा भएको अनियमितताको छानबिनलाई प्रभावित पार्न गण्डकी खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्मा सक्रिय भएका छन्।
मनसुन सक्रिय भएसँगै निसीखोला गाउँपालिका–२ धाराटोलमा पहिरो खस्दा आठ घरमा क्षति पुगेको हो।
तनहुँको भिमाद नगरपालिका-३ सुनाकोटमा अविरल वर्षाका कारण एक स्थानीयको तीनतले कच्ची घर भत्किएर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन।
मन्त्री मेहतासहितको टोलीले समस्या पहिचान गरी प्रभावकारी समाधानका उपाय खोज्न राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको निरीक्षण गरेका छन्।
उनले लामो बलिदानी र संघर्षपछि संविधानसभाबाट पहिलोपटक बनेको संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध शक्तिहरू एकढिक्का भएर उभिनुपर्ने समय आएको बताएका हुन्।
कपिलवस्तु र भक्तपुरका दुई छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २६ जनालाई पक्राउ गरेको छ।
विस्फोट यति शक्तिशाली थियो कि त्यहाँका स्थानीय बासिन्दाले यसलाई आवासीय क्षेत्रमा भएको ड्रोन हमला ठानेका थिए। घटनामा गम्भीर घाइते भएका सागेभको घटनास्थलमै मृत्यु भएको थियो।
अवैध लागूऔषध सहित देशका विभिन्न स्थानबाट २९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इतिहासमै पहिलो पटक भक्तपुरको नागपोखरीको नागलाई नजिकबाट दर्शन गर्ने मौका मिल्ने भएको छ।