भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन
खड्गबहादुर रावल घर आउदैनन्। बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन्। उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ। उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन्। यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर।