२३ पुस २०८१ मंगलबार
image/svg+xml

संस्कृति र संस्कारको संरक्षण राज्यको दायित्व : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रिय एकताको सुदृढीकरण, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशामा अघि बढ्नु आजको राष्ट्रिय आवश्यकता भएको बताएका छन्।

नेपाली संस्कृतिले अन्तर्राष्ट्रिय तहमा राष्ट्रको गौरव बढाएको छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति, समुदायका फरक संस्कृतिले अन्तर्राष्ट्रिय तहमा समग्र राष्ट्रको गौरव बढाएको बताएका छन्।

तमु ल्होसार/ल्होछारले राष्ट्रिय एकता मजबुत बनाउछ : अध्यक्ष यादव

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकता मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

ल्होसार/ल्होछारले बन्धुत्वको भावना मजबुत : सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तमु (गुरुङ) जातिको महान पर्व 'तमु ल्होसार' को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा शुभकामना दिएका छन्।

राष्ट्रिय एकता मजबुत बनाउन तमु ल्होसारले प्रेरणा दिन्छ : अध्यक्ष दाहाल

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तमु (गुरुङ) समुदायले नयाँ वर्ष शुभारम्भको रूपमा मनाउने ल्होसार/ल्होछारको अवसरमा शुभकामना व्यक्त गरेका छन्।

तमु ल्होसार पर्वले सामाजिक एकतालाई बलियो बनाउन सकोस् : सभामुख घिमिरे

सभामुख देवराज घिमिरेले तमु ल्होसार पर्वले समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको प्रवर्द्धन गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्छ : उपराष्ट्रपति यादव

उपराष्ट्रपति रामसहायप्रसाद यादवले तमु ल्होसार/ल्होछारले सांस्कृतिक महत्वलाई थप उजागर गर्नमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

तमु ल्होसार/ल्होछार पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्नेछ : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको महान् चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन्।

आज ‘तमु ल्होसार/ल्होछार’ मनाइँदै

‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका र"पमा भव्य र"पमा मनाउने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्