दशगजा वारिपारि पहेँलपुर तोरीबारी
दशगजामा आँगन जोडिएको बाँतर परिवारलाई सीमाको बसोबास शान्त नै लागेको छ। कहिलेकाहीँ वारिपारि धन्धा गर्नेहरूसँग नेपाली सुरक्षाकर्मीहरूको घम्साघम्सी पर्नेबाहेक सीमावर्ती गैरीगाउँका बासिन्दाले अन्तरदेशीय भूगोलका कारण कुनै सकस अनुभव गरेका छैनन्।