२०२५ जनवरी: विदेशी पर्यटक आगमनमा सामान्य सुधार
सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।
सन् २०२५ को पहिलो महिना जनवरीमा विदेशी पाहुनाको आगमनमा सामान्य मात्र सुधार देखिएको छ। सन् २०२४ को जनवरीको तुलनामा यो पटक विदेशी पर्यटकको आगमनमा १ प्रतिशत मात्र वृद्धि देखिएको पर्यटन बोर्डले बताएको छ।
भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।
नेपालमा विदेशी पर्यटक आगमनमा चौथोपटक १० लाखको संख्या नाघेको छ। सन् २०२४ को नोभेम्बरको विदेशी पाहुनाको आगमन संख्या १ लाख १४ हजार ५ सय १ सहित योवर्ष अहिलेसम्म १० लाख ५५ हजार ५ सय ३३ जना पर्यटक भित्रिएको पर्यटन बोर्डले बताएको छ।
आन्तरिक र बाह्य हवाई सेवाको उडान तालिका फेरबदल हुँदा घुम्न आएका विदेशी पर्यटकको बसाई अवधि पनि प्रभावित हुन थालेको छ। यात्रा तालिका प्रभावित भएको भन्दै पर्यटकले बसाई अवधि छोट्याउन थालेको व्यावसायीले बताए। यात्रा तालिका प्रभावित भएसँगै पर्यटकको बसाई अवधि घट्दै जाँदा त्यसको मार पर्यटन क्षेत्रमा परेको व्यावसायीले बताए।
योवर्षको सुरुवाती समयमा विदेशी पर्यटक आगमनमा उत्साहजनक वृद्धि थियो। २०२३ को तुलनामा २०२४ को जनवरीमा ४४ प्रतिशत बढेको विदेशी पर्यटकको आगमन पछिल्लो महिना अगष्टसम्म आउँदा त्यो अन्तर घटेर ८ प्रतिशतमा झरेको छ। यो गिरावट एकै महिनाको नभई आठमहिनासम्मको अन्तर हो।
सातमहिना अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिएका छन्। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक रहेको छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यो जुलाईमा आएका छन्।
आगामि आर्थिक वर्षमा १६ लाख विदेशी पर्यटक भित्र्याउने सरकारी भनाई रहेपनि त्यो अनुसारको योजना भने कतैपनि नरहेको सरोकारवालाको भनाई छ। कोरोना अघिको आकारमा बल्लतल्ल आगमन हुँदै गर्दा सरकारको १६ लक्ष्य निकै नै पर रहेको उनीहरुको भनाई छ।
नेपाल आएका विदेशी पर्यटकको औसत बसाई अवधि १३.२ दिन रहेको पाइएको छ। सन् २०२३ मा नेपालमा सबैगरि १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक भित्रिएका थिए। ती विदेशी पाहुनाको नेपाल बसाई अवधि १३.२ दिन रहेको पर्यटन मन्त्रालयले बताएको छ।
नेपाल भित्रिने विदेशी पर्यटक मध्ये सबैभन्दा बढी ३१ देखि ४५ वर्ष उमेर समूहका हुने गरेका छन्। सन् २०२३ मा नेपाल भित्रिएका १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकमध्ये ३ लाख १७ हजार १ सय ७० जना विदेशी पर्यटक ३१ देखि ४५ वर्ष उमेर समूहको रहेको पर्यटन मन्त्रालयको तथ्यांक रहेको छ।
पर्यटन मन्त्रालयले राखेको तथ्यांक अनुसार सन् १९९५ पछि सबैभन्दा कम विदेशी पाहुना भित्रिएको महिना हो २०२० को अप्रिल। त्यो महिना नेपालमा जम्मा १४ जना विदेशी पर्यटक हवाई माध्यमबाट भित्रिएको तथ्यांक छ। त्यसपछिका अरु पाँच महिनासम्मको तथ्यांकमा नेपालमा विदेशी पर्यटक भित्रिएको संख्या तीन अंकभित्रै सीमित थियो। तर पछिल्लो समय नेपालको पर्यटक आगमन २०१९ को महिनालाई उछिन्दै उकालो लाग्न थालेको छ। चारवर्ष अवधिमा दुइ अंकको आगमन बढेर एकलाख कटिसकेको छ।
सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार ३ सय ७६ जना विदेशी पर्यटक भित्रिएका छन। ती सबै हवाई माध्यमबाट भित्रिएका पाहुना हुन।
सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले हर्षोल्लासका साथ होली पर्व मनाएका छन्।
सन् २०२३ को फेब्रुअरीको तुलनामा ३३ प्रतिशत बढी हुनेगरि २०२४ को फेब्रुअरीमा झन्डै एकलाख विदेशी पाहुना नेपाल भित्रिएका छन्। २०२४ को फेब्रुअरीमा ९७ हजार ४ सय २६ जना विदेशी पाहुना हवाई माध्यमबाट मात्र नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ।
जनहित कार्यका लागि विनियोजित रु १० लाख बजेटबाट करिब तीन महिनाको अथक प्रयासमा निर्माणसम्पन्न गरिएको दुर्गा बक्स गणका सेनानी नवराज बस्नेतले जानकारी दिए।
प्राकृतिक सुन्दरता हेर्न मात्र होइन यहाँका रैथाने खानाको स्वाद लिन पनि विदेशी पर्यटक नेपाल आउन थालेका छन्।