छिमल्ने निहुँमा पुराना रुखलाई ठुटै पारियो
पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।
पोखरा महानगरपालिका–१४ मझेरीपाटनका विभिन्न ठाँउका वर, पिपल र समिका रुख ठुटै पारेर काटिएका छन्। करिब ६०–७० वर्ष पुराना ती रुख काटिएको स्थानीयले बताएका छन्। काटिएका ती रुखमध्ये केहीमा चौतारा पनि थिए।
राष्ट्रिय औद्योगिक ब्यापार मेलाभित्रै सूचना प्रविधिसम्बन्धि जानकारी दिनेगरि क्यान इन्फोटेक र मोवाइल एक्स्पो पनि संचालन हुने भएको छ। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा माघ १० देखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक ब्यापार मेला संचालन हुँदैछ।
सन् २००९ मै नेपाल भित्रिएका मध्ये ४० प्रतिशत पर्यटक पोखरा भित्रिएको तथ्यांक रहेकोमा सन् २०२५ लागिसक्दा त्यो वृद्धि बढीमा ४५ प्रतिशत मात्र पुगेको व्यावसायीको भनाई छ। त्यसको अर्थ डेढदशक अवधिमा पोखरामा विदेशी पाहुनाको आगमनमा ५ प्रतिशत मात्र सुधार भएको उनीहरुको भनाई छ।
दुईवर्ष भन्दा बढी समयदेखि रोकिएको प्याराग्लाइडिङको एकल (सोलो) उडानलाई खुलाउने र प्याराग्लाइडिङको नियमित उडानलाई थप सहजता तुल्याइदिने नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट आश्वासन पाएको भन्दै पर्यटन क्षेत्रले खुसी व्यक्त गरेको छ।
नेपाली युवा आफैले स्काई डाइभ सुरु गरेका छन्। यसअघि विदेशी प्रशिक्षकले मात्र स्काई डाइभ गराउँदै आएकामा स्वदेशीले पनि सुरु गरेका छन्। विभिन्न मुलुकमा स्काई डाइभको अनुभव बटुलेका युवाले पोखरामा शुक्रबारदेखि फरक प्याकेज बनाएर पर्यटकलाई साहसिक अनुभव दिलाउन थालेका छन्।
पर्यटन क्षेत्रको प्रर्वद्धनका लागि पोखरामा तीनवटा मुलुकका पर्यटन व्यावसायी जुट्ने भएका छन्। पोखरामा आगामी फेब्रुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल–इन्डिया–चाइना एक्स्पो (नाइस) मा तीनवटा मुलुकका पर्यटन व्यावसायी सहभागि हुनेछन्।
आन्तरिक उडानमा मात्र सीमित रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले सन् २०२४ मा १० लाख २३ हजार यात्रुलाई ओहोरदोहोर गराएको छ। ती सबै आन्तरिक र विदेशी यात्रु हुन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको दुईवर्ष पुग्यो। सन् २०२३ को पहिलो दिन विमानस्थल उद्घाटन भएको थियो। यो अवधिमा विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ। पोखराबाटै अन्तर्राष्ट्रिय गन्तव्यसम्म सिधा हवाई माध्यमबाट जोड्ने पोखरेलीको धोको अझै पुरा भएको छैन। पोखराबाटै नियमित पहिलो अन्तर्राष्ट्रिय उडानको आशामा पोखरा रहेको छ।
आर्थिक शिथिलला, युवाको विदेश पलायन, कोरोना संक्रमण, हिडडुलमा केही अप्ठेरा लगायतका कारणले पछिल्लो पाँचवर्षमा आन्तरिक पाहुनाको हिस्सा ५ प्रतिशत खस्केको अनुमान पर्यटन व्यावसायीको रहेको छ।
मुख्य सिजन पाहुनाको कम आगमनमै गुजारेका पर्यटन व्यावसायीले पछिल्लो केहीदिनदेखि थोरै भएपनि राहतको सास फेर्न पाएको महसुस गरेका छन्। व्यावसायीलाई अफसिजनको यो बेला राहतको सास फेराउने माध्यम बनेका छन यहाँ आयोजित विभिन्न मेलामहोत्सव, जसले पोखरामा स्वदेशी र केही विदेही पाहुनालाई आकर्षण गरेका छन। केही पुराना र कतिपय नयाँ यी कार्यक्रमका कारण आन्तरिक पाहुना पोखरामा बढी भित्रिएको व्यावसायीको भनाई छ।
पोखरामा यात्रु सहित जहाज अवतरण गरेपनि पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा फर्किनेमा यसअघि सबैभन्दा बढी यात्रु भुटानको ड्रुक एयरबाट फर्केका थिए। गतवर्ष सेप्टेम्बर ९ मा पोखराबाट ४२ जना यात्रु मात्र बोकेर ड्रुकको जहाज भुटान फर्केको थियो। तर, सिचुआनका अघिल्ला दुइ उडान भने पोखराबाट फर्किदा रित्तै थिए। अरु उडानमा पनि यात्रु थिएनन्। विहीबार भने सिचुआनको जहाज १ सय २६ यात्रु बोकेर पोखराबाट काठमाडौंका लागि उडेको हो।
साहसिक पर्यटन प्रर्वद्धन गर्ने उद्देश्य सहित पोखरामा मंगलबारदेखि बिवाईडी अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ। नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव आयोजना गरिएको हो। फेवातालको सिरान क्षेत्र पामेको फराकिलो फाँटमा आयोजित महोत्सवमा विभिन्न १५ वटा मुलुकका पाइलटले बेलुन उडाएका छन्।
भैरहवामा भईरहेका अन्तर्राष्ट्रिय उडान एकमहिनामै रोकिएपछि त्यसको असर आन्तरिक उडानमा पनि परिसकेको छ। अहिले पोखरा–भैरहवा उडान गरिरहेका आन्तरिक हवाई कम्पनिले उडान संख्या कटौती गरिसकेका छन्। बुद्ध एयरले उडान कटौती गरेर एउटामा झारेको छ भने यतीले उडान नै रोकेको छ। त्यत्ति मात्र नभई भैरहवा हुँदै विदेशी पर्यटक पोखरा भित्रिने अपेक्षा गरेका पोखराका पर्यटन व्यावसायी भैरहवासम्मका अन्तर्राष्ट्रिय उडान कटौती भएपछि निराश बनेका छन्।
पोखरामा पहिलो पटक हुन थालेको अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा दर्जन बढी मुलुकका पाइलट पनि सहभागि हुने भएका छन्। पोखराको साहसिक पर्यटनलाई प्रर्वद्धन गर्न आयोजित महोत्सवका लागि विदेशी पाइलट पोखरा आइसकेका छन् । नेपालमै पहिलोपटक पोखरामा बेलुन महोत्सव संचालन हुँदैछ।
शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी आयोजक साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ भन्ने नाराका साथ यस वर्षको टुर दी पोखरा कार्यक्रम हुने जानकारी दिए ।