२६ चैत्र २०८१ मंगलबार
image/svg+xml २१:३२ अपराह्न

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान हुँदै

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको पक्का भएको छ। हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासासम्म नियमित सेडयूअल फ्लाइटको तयारी गरेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको २७ महिनापछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडानको तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः पोखरा–ल्हासा उडान गर्दै हिमालय एयरलाइन्स

नियमित संचालनमा आएको झन्डै दुइवर्ष पछि बल्ल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानको तयारी भएको छ। नेपाली र चिनियाँको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले पोखराबाट चीनको ल्हासा उडानको तयारी थालेको हो। आगामी जनवरी पहिलो सातासम्म उडान सुरु हुने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बताएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्