मौनताभित्रको खलबल
समाजमा सेटिङ शब्दलाई अब चतुर र सक्षमको अर्थका रूपमा लिन थालियो। सेटिङमै सरकार, न्यायालय, अर्धन्यायिक निकाय, पुलिस प्रशासन सबै क्षेत्र चले। सेटिङ भए जे पनि गर्न सकिन्छ भन्ने भाष्य तयार भए। समग्र सरोकारवालालाई मिलाउन सक्नेलाई सक्षम सेटिङवाला मानिन थालियो।