६ मंसिर २०८१ बिहीबार
image/svg+xml

ऊर्जा दक्षता प्रवर्द्धन गर्न अनुदान कार्यक्रम सुरु

द्योग तथा व्यवसायहरूमा ऊर्जाको दक्ष उपयोगबाट ऊर्जा खपतमा कमी ल्याई नेपालमा दिगो औद्योगिक विकासलाई बढवा दिने र कार्बन उत्सर्जन घटाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।

इजरायली प्रधानमन्त्री नेतान्याहु विरुद्ध पक्राउ पुर्जी जारी

‘तीनै जना इजरायल र हमासबीच युद्धका दौरानमा युद्धको नियम र मानवताको विरुद्ध अपराधका लागि जिम्मेवार छन्,’ आइसिसीका न्यायाधीश भनेका छन्,‘जसका पर्याप्त प्रमाण र आधार छन् ।’

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय भाडादर

निगमले दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट दिने जनाएको छ ।

११ जना जिल्ला न्यायाधीशको सरुवा (को कहाँ पुगे ?)

न्याय परिषद्ले जिल्ला अदालतका ११ जना न्यायाधीशलाई सरुवा गरेको छ । यस्तै उच्च अदालतका दुई न्यायाधीशको काज सिफारिस गरेको छ ।

अस्पतालको शुल्क सबैले देख्ने गरी राख्न स्वास्थ्य मन्त्रीको निर्देशन

स्वास्थ्यमन्त्री प्रदिप पौडेलले अस्पतालको शुल्क सबैले देख्ने गरी राख्न निर्देशन दिएका छन्।

रास्वपाको अपुरो उम्मेदवारी: संगठन अभाव कि, टुटेको जनविश्वास ?

‘हामीले आग्रह गरेपछि भोट प्राप्त गरेकै हौँ । जनताले भरोसा गरेकै हुन्,’ बुधवार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा शाहले भनेका थिए,‘तर अहिले त्यो भरोसा टुटेको हो कि भन्ने चिन्ता पर्न थालेको छ ।’

बीआरआईबारे खनाल-अवसरलाई बुद्धिमत्तापूर्ण रूपले ग्रहण गरौँ

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानुअघि बीआरआईबारे अनेकन् बहस र विवाद उठेका छन् ।

नेपाल एयरलाइन्सले घटायो अन्तर्राष्ट्रिय हवाई भाडा

बिहीबार निगमले एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय उडानको भाडादर पाँच हजारसम्म घटाएको जानकारी दिएको हो।

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरेलाई अभिनन्दन

किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल हुनुभएका नेपाली युवा किक बक्सर अविरल घिमिरे‘हिमचितुवा’लाई अभिनन्दन गरिएको छ।

कर्णालीमा खर्च नै हुँदैन बजेट

सङ्घीय संरचनाअनुसार प्रदेश सरकार गठन भएदेखि नै कर्णालीमा लक्ष्यबमोजिम विनियोजित बजेट खर्च हुन सकेको छैन।

प्रधानमन्त्री चीनपछि भारत भ्रमणमा जानुहुन्छ : गृहमन्त्री लेखक

उनले बीआरआईअन्तर्गतका परियोजनाका लागि सहयोग लिने सम्बन्धमा कांग्रेस र एमालेका फरक फरक मान्यता देखिएको भए पनि दुवै दल समझदारीका आधारमा अघि बढ्ने पनि बताए ।

पूर्वराजा ज्ञानेन्द्र बुद्ध जन्मस्थल लुम्बिनी जाँदै

बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन पूर्वराजा लुम्बिनी जान लागेका हुन्।

स्वर्णलक्ष्मी सहकारी ठगी: काठमाडौंमा छविको बयान सुरु

काठमाडौँ स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना प्रकरणमा पूर्व प्रहरी नायब महानिरीक्षक (डिआइजी) छविलाल बन्जाडे जोशीको बयान सुरु भएको छ।

ग्रेटर नेपालका अभियन्ता फणिन्द्र प्रहरी नियन्त्रणमा

काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीका अनुसार उनलाई अहिले 'होल्ड'मा राखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्