भित्रिन थाले फूल र माला
स्थानीय उत्पादन कहिल्यै फस्टाउन नसक्दा फूलमा समेत भारतीय बजारकै भर पर्नुपर्ने बाध्यता छ। दसैं सकिएर तिहार नजिकिँदै गर्दा पूर्वी नाकाबाट भारतीय फूलको आयात पनि बढ्न थालेको छ। स्थानीय उत्पादनले माग धान्न नसक्दा फूल अधिक खपत हुने चाडपर्वमा मात्रै होइन, अन्य समयमा पनि भारतकै भर पर्नुपर्ने बाध्यता आएको हो।