शिक्षक आन्दोलनले पोखराका विद्यालय खुल्ने दिन धकेलियो
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयको भर्ना अभियान प्रभावित भएको भन्दै पोखरा महानगरपालिकाले विद्यालय संचालनको सुरुवाती दिनलाई तीनदिन पछाडि धकेलेको छ। यसअघि सोमबारबाट विद्यालय संचालनको दिन तोकिएकोमा अब विहीबादेखि पठनपाठन सुरु हुने पोखरा महानगरपालिकाले बताएको छ।