३ कार्तिक २०८१ शनिबार
image/svg+xml

रवि पक्राउ परेसँगै समर्थन र विरोधमा उत्रियो पोखरा

सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापती रवि लामिछाने पक्राउ परेसँगै पोखराको माहोल एकाएक तातेको छ।

पोखराः आएनन् आन्तरिक पाहुना पनि

यो बेला विदेशी पर्यटकको नेपाल घुम्ने सिजन हो। सेप्टेम्बर–नोभेम्बर विदेशी पाहुनाको सिजन मानिन्छ। पदयात्राका लागि उपयुक्त समय भएकोले यो बेला विदेशीको आगमन बढ्ने गर्छ। त्यसबाहेक चाँडबाँडका कारण हुने लामो बिदाले गर्दा पर्याप्त आन्तरिक पाहुना पनि पोखरा घुम्न आउने गरेका थिए। तर, यो वर्ष भने विदेशी र आन्तरिक पाहुना नआउँदा पोखरा सुनसान छ।

टीकाको दिन पोखरामा निःशुल्क बस सञ्चालन गरिने, यी रुटमा चल्नेछन् बस

दशैंको टीका लगाउन आवतजावत गर्ने यात्रुको यात्रा सहज बनाउने उद्देश्यले निःशुल्क बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

पोखराका होटलः अग्रिम बुकिङ धमाधम रद्द

केहीदिन अघिको बाढी पहिरोले काठमाडौंलाई पर्यटकीय सहरसँग जोड्ने मुख्य राजमार्ग क्षतविक्षत पारेर यात्रा असुरक्षित भएपछि अहिले विदेशी पर्यटकले अग्रिम बुकिङ गरेका होटलका कोठा धमाधम रद्द गरिरहेका छन्।

पर्यटकीय सिजनमै पोखराका होटलमा ३० प्रतिशत छुट

पर्यटन क्षेत्रमा मुख्य सिजन चलिरहँदा पोखराका होटल व्यावसायीले पाहुना अभाव भएको भन्दै होटलमा ३० प्रतिशत छुटको घोषणा गरेका छन्। मंगलबारदेखि लागु भएको छुट आन्तरिक तथा बाह्य सबैखाले पर्यटकलाई हुने होटल संघले बताएको छ। अहिलेको छुट तिहारसम्म लागु हुने संघले बताएको छ। सेप्टेम्बर–नोभेम्बर पर्यटन क्षेत्रमा मुख्य सिजन मानिन्छ। व्यावसायीले मुख्य सिजनमा होटलमा यो आकारको छुट दिएको पहिलो पटक हो।

पोखरामा अन्तर्राष्ट्रिय योगा महोत्सव हुने

पोखरामा असोज अन्तिममा योगा महोत्सव हुने भएको छ । असोज ३० देखी आगामी कात्तिक ३ गतेसम्म नेपाल योगा महोत्सव २०२४ आयोजना गरिने आयोजकले बताएको छ।

हट एअर बेलुन उडान सुचारु

मनसुन अवधिमा रोकिएको पोखराको हट एअर बेलुनको उडान यसै सातादेखि पुनः सञ्चालनमा आएको छ। हटएअर बेलुन पोखराको आकाशमा पर्यटक सयर गराउने साहसिक पर्यटकीय प्रडक्ट हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान साढे ४ बजे नै उडान सुरु हुने

पोखरा सहितका नौवटा विमानस्थलको उडान तालिका झन्डै डेढघण्टा अगाडि सारिएको छ। वर्षा र पहिरोले सडकमार्गमा समस्या भएपछि हवाई यात्रु बढेको र त्यसले उडान चाप थपिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले काठमाडौं सहितका नौवटा विमानस्थलको उडान समय बिहान साढे ४ बजेबाट सुरु गर्ने निर्णय गरेको छ।

स्थलमार्गको सकसले हवाई यात्रामा चाप, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल १९घण्टा चलाइयो

नियमित रुपमा दिनमा १४ घण्टा संचालनमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सोमबार भने १९ घण्टा चल्यो। पछिल्लो समयको वर्षा र त्यसले निम्त्याएको विपदले गर्दा स्थलमार्गको यात्रा अनिश्चित छ। वर्षाका कारणले तीनदिनसम्म रोकिएका हवाई उडान पनि सोमबार बिहानैदेखि सुचारु भएका थिए। रोकिएको हवाइ यात्रा खुल्नु तथा स्थलमार्गको यात्रा अनिश्चित र असुरक्षित बन्दै जाँदा अहिले हवाइमार्गमा अहिले यात्रु चाप अधिक छ।

ईन्टरनेटमा तारमा करेन्ट प्रवाह हुँदा.........

पोखरा महानगरपालिका–६ गौरीघाट मार्गको स्ट्रिटनम्बर–८मा ईन्टरनेटको तारमा प्रवाह भएको करेन्ट लागेर एकजनाको ज्यन गएको छ।

पोखरामा श्रीमति हत्या प्रकरणः मानसिक रोगी भनेर सजाय नघटोस्

पोखरामा श्रीमती हत्याको अभियोग लागेका जहरसिंह कुँवरलाई उन्मुक्ति दिन खोजिएको पीडित परिवारले आरोप लगाएको छ।

पोखरा: पर्यटनको राजधानीलाई डेंगीको सकस

पर्यटनको राजधानी पोखरा अहिले डेंगी संक्रमणले ग्रसित छ । गण्डकी प्रदेशमा अहिले कास्कीमा सबैभन्दा बढी संक्रमित छन्। कास्कीमा पनि पोखरा महागरका चारवटा वडा बढी प्रभावित छन्। स्वास्थ्य कार्यालय कास्कीका अनुसार पोखरा महानगरपालिका–५, ८, ९ र १७ नम्बरमा अहिले संक्रमण ह्वात्तै बढेको छ।

प्याराग्लाइडिङः ‘सोलो’ उडान खुल्ला खोलिदेउ

नेपाल हवाई खेलकुद संस्था (ना)ले प्याराग्लाइडिङमा सोलो उडान खुल्ला गर्न माग गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै बन्द गरिएको सोलो उडान खुल्ला गर्न व्यावसायीले जोड दिएका हुन।

पोखराका रेस्टुरेन्टदेखि तारे होटलसम्म ‘दर मेनु’

केहीवर्ष अघि तीजको दर खाने कार्यक्रमले पोखराका पार्टी प्यालेस करिब महिनादिनसम्म व्यस्त रहन्थे। तर, अहिले ठुला होटल र रेस्टुरेन्टले भिन्दै मेनु बनाएर दर खुवाउन थालेका छन्। तीजको दर खुवाउन पाउँद्या व्यावसाय बढेको पनि व्यावसायीको भनाई छ।

दूधमा छलः कपिलबस्तुबाट ल्याएर ‘लोकल’ भन्दै बेच्दै

पोखराका केहि डेरी पसलले पोखरा बाहिरको दूध ल्याएर लोकल भन्दै बेच्ने गरेको पाइएको छ। पोखराका केहि दुग्ध व्यवसायी तथा डेरी पसलले बाहिरबाट ल्याएको दूधलाई लोकल भनेर बेच्ने गरेको पोखरा महानगरपालिकाले शुक्रबार गरेको अनुगमनको क्रममा भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्