२० असार २०८३ शनिबार
image/svg+xml

हेटौंडामा बस दुर्घटना, ९ जना घाइते

महेन्द्र राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकै यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।

साइबर उत्पीडनका कारण देश छाड्न बाध्य भएँ: अभिनेत्री उषा रजक

अभिनेत्री उषा रजकले सञ्जोक कार्की नामक व्यक्तिको निरन्तरको साइबर ह्यारेसमेन्ट र धम्कीपूर्ण व्यवहारका कारण आफ्नो सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया जानु परेको दाबी गरेकी छन्।

भूमि व्यवस्था मन्त्रालयका यस्ता छन् सय दिनका उपलब्धि

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले मन्त्रालयको जिम्मेवारी सम्हाले यता ४८ वटा मुख्य उपलब्धि हासिल भएका छन्।

पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा

उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडक आयोजनाको अनुगमन तथा निरीक्षणका लागि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल मुस्ताङ पुगेका छन्।

साहित्यकार सुमी लोहनीको ‘अष्टावक्र महागीतामृत’ लोकार्पण

नागार्जुन, काठमाडौँमा अवस्थित ओशो तपोवनमा दीप प्रज्ज्वलन र स्वस्ति वाचन गरी कार्यक्रमको सुरुवात गरिएको थियो।

राष्ट्रिय सभाको बैठक सुरु

अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ निवारण (तेस्रो संशोधन) विधेयक,२०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।

राम मन्दिरपछि बद्रीनाथ र केदारनाथ तीर्थस्थलमा पनि भेटीमा अनियमितताको आरोप

अयोध्याको राम मन्दिरमा भेटी चोरीको आरोप लागेपछि अब बद्रीनाथ-केदारनाथ धाममा पनि अनियमितताको आरोप लागेको छ।

अभिनेता नबल खड्काको कृति सार्वजनिक

राष्ट्रवादी चलचित्र निर्माता तथा अभिनेता तथा खोटाङ सेवा समाज नेपालका अध्यक्षसमेत रहेका नबल खड्का लिखित पुस्तक सार्वजनिक भएको छ।

‘रातो घेरा-द रेड सर्कल’ गरियाे शुभमुहूर्त

निर्देशक अनिल बुढा मगरको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘रातो घेरा- द रेड सर्कल’ को पाटनस्थित बंगलामुखी मन्दिरमा शुभमुहूर्त गरिएको छ।

सरकारको सय दिन : सुशासन, पारदर्शिता र सेवा प्रवाहमा सुधार

प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार गठन भएको १०० दिनमा सुशासनको जगमा विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको हो।

प्रदर्शनअगावै ‘अक्षरा’ को कोरिया वितरण अधिकार बिक्री

क्षित बाबु प्रोडक्सन हाउसको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म ‘अक्षरा’ ले प्रदर्शन अगावै दक्षिण कोरियाको वितरण अधिकार बिक्री गर्न सफल भएको छ।

इरानद्वारा खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह सुरु

इरानले शनिबार बिहानदेखि दिवङ्गत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक सुरुआत गरेको छ।

अमेरिकी पहिचानमाथि ‘नयाँ आक्रमण’ भइरहेको ट्रम्पको दाबी

उनले ‘देशभित्र कम्युनिष्ट खतरा पुनः बढिरहेको’ आरोप लगाए। डेमोक्रेटिक पार्टीभित्रको वामपन्थी धारलाई लक्षित गर्दै ट्रम्पले पछिल्ला हप्ताहरूमा यस्ता टिप्पणी दोहोर्‍याउँदै आएका छन्।

घरपझोङमा चक्रपथ निर्माण सम्पन्न

पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको घरपझोङ चक्रपथ सडक आयोजना सात वर्षमा निर्माण सम्पन्न भएको हो।

विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा तीन जना बालबालिकाको मृत्यु

अमेरिकाको विस्कन्सिन राज्यको दक्षिणी भागको जेनेभा तालमा गम्भीर मौसमका कारण डुङ्गा पल्टिएर दुर्घटना हुँदा तीन जना बालबालिकाको मृत्यु भएको जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्