१४ आश्विन २०८१ सोमबार
image/svg+xml

दुई कारोबार गिरावटपछि नेप्से बढ्यो

अघिल्लो साताको अन्तिम तथा यो साताको पहिलो कारोबार आइतबार नेप्से परिसूचक घटेको आज सोमबार बढेर बन्द भएको छ ।

सरकारले वृद्धि गरिएको हवाई भाडा दर नियन्त्रण गर्छ: मन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सरकारले हालै वृद्धि गरिएको हवाई भाडा नियन्त्रण गर्ने बताएका छन् ।

लुम्बिनी प्रदेश पूर्णखोप सुनिश्चित घोषणा

लुम्बिनी प्रदेश पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा गरिएको छ । १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई राष्ट्रिय खोप तालिका बमोजिम पाउनुपर्ने सबै मात्रा खोप लिएको अवस्थालाई सुनिश्चित गरिएपछि प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सोमबार एक कार्यक्रमकाबीच प्रदेशलाई पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन ।

सुकुम्वासी बस्तीका बाढी पीडितको गुनासोः मेयर बालेनले वास्तै गरेनन्

काठमाडौंका सुकुम्वासी बस्तीका बाढी पीडितहरुले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहको आलोचना गरेका छन्।

झ्याप्ले खोला घटनाः यात्रु पाएपछि ‘नियमित सेड्युल’ बाहिर हिँडेको थियो माइक्रो

शुक्रबार पानी परिरहेको थियो। बा ३ ख १३४५ नम्बरको माइक्रो बसका चालक आनन्द राजवंशीको काठमाडौँ साँझ पुग्ने गरी दिउँसो साढे १ बजेतिर १७ यात्रु बोकेर नारायणगढको पुलचोकबाट निस्के।

भोजपुरको नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध

वर्षाका कारण पहिरो जाँदा दुईवटा घरमा क्षति पुगेको छ भने प्रायः नौवटै स्थानीय तहका ग्रामीण सडक अवरुद्ध बनेका छन्।

बाढीले बिजुलीको टावर बगाएपछि तीन जिल्ला अन्धकार

बाढीले प्रसारण लाइनको खम्बा बगाइदिएपछि इलाम, पाँचथर र ताप्लेजुङ तीन दिनयता अन्धकार छन् । पाडाजुँगी–गोदक १३२ केभिए प्रसारण लाइनअन्तर्गत महमाईमा रहेको ५१ नम्बरको टावर बाढीले क्षतिग्रस्त बनाएपछि शनिबारयता तीनै जिल्लाको विद्युत् सेवा ठप्प छ ।

इजरायली आक्रमण पछि १० लाखभन्दा बढी लेबनानी नागरिक विस्थापित

लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले इजरायलको लगातार जारी हवाई आक्रमणका कारण देशभर १० लाखभन्दा बढी नागरिक विस्थापित भएको र ८० हजारले देश छोडेको बताएका छन्।

ज्येष्ठ नागरिक लक्षित कानुन कार्यान्वयनमा चुनौती

ज्येष्ठ नागरिकको हकलाई संविधानमा मौलिक हकका रुपमा राखिएको छ । नेपालको संविधानसँगै २०६३ सालमा आएको ज्येष्ठ नागरिक ऐन र २०६८ मा आएको नियमावलीले स्पष्ट रुपमा नै ज्येष्ठ नागरिकका हक तथा अधिकारलाई उल्लेख गरेको छ ।

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण मुद्दा ‘हेर्न नमिल्ने’, अर्को सुनुवाइ मंगलबार

सोमबार न्यायाधीशद्वय हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको इजलासमा परेको उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।

समयमै पहिचान गरे निको हुन्छ प्रजनन् अङ्गमा देखिने रोग

महिलाहरूमा मात्रै झण्डै ४० प्रकारका क्यान्सर हुने गरेको पाइएको छ। महिलाहरूको अण्डासय र डिम्बवाहिनी नलीमा हुने क्यान्सर पनि फरक हुने गर्छन्।

चितवनमा साउनयता स्क्रब टाइफसबाट २२९ सङ्क्रमित, एकको मृत्यु

सङ्क्रमितमध्ये खैरहनी नगरपालिका–२ मा एक ६० वर्षीया महिलाको गत भदौमा मृत्यु भएको जिल्ला जनस्वस्थ्य कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।

भक्तपुरका बाढी पीडित भन्छन्: विपद्का बेला गाउँमा सरकार आए जस्तै भयो

स्थानीय अजय तामाङले गाउँ पीडामा परेर शव व्यवस्थापन र घाइतेलाई अस्पताल लैजान नसकेको अवस्थामा मन्त्रीले बाटो खुलाउन डोजरदेखि शव लैजान शववाहन र घाइतेलाई उपचारका लागि लैजान एम्बुलेन्स लिएर आएपछि साँच्चै गाउँमै सरकार आएको अनभूति भएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्