२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml

साहको उम्मेदवारी खारेज विवादमा आइतबार सुनुवाइ हुने

न्यायाधीशद्वय शारङ्गा सुवेदी र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा आज सुनुवाइ तय भएकामा न्यायाधीश शारङ्गा सुवेदीले साहको मुद्दा हेर्न नमिल्ने भएपछि आज सुनुवाइ हुन नसकी आइतबारका लागि सारिएको हो।

जुम्लामा ग्यासको कृत्रिम अभावको आशंका, अभिलेख राख्न प्रशासनको निर्देशन

जुम्लामा एलपी ग्यासको कृत्रिम अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालय जुम्लाले बजार अनुगमन कडा बनाउँदै ग्यास डिलरहरूलाई किनेको र बेचेको ग्यासको विस्तृत अभिलेख राख्न निर्देशन दिएको छ।

इरानका नागरिकलाई नेपालले ‘अनअराइवल’ भिसा नदिने

नेपाल भ्रमण गर्न चाहने इरानका नागरिकलाई नेपाल सरकारले आगमन प्रवेशआज्ञा (अनअराइवल भिसा) उपलब्ध नगराउने भएको छ।

भक्तपुरमा सहकारी ठगी आरोपितको सिफारिस रोक्का, बचत फिर्ता गर्ने लिखित सहमति

भक्तपुर नगरपालिका वडा नं. ६ भुलाछेंले सहकारी ठगीको आरोप लागेका एक व्यक्तिको सिफारिस सेवा अस्थायी रूपमा रोक्का गरेको छ।

गायक बादशाहलाई गिरफ्तार गर्न आदेश

उनको हरियाणी 'टटीरी' बोलको गीत विवादमा परेपछि बादशाहविरुद्ध गिरफ्तारीको आदेश जारी भएको छ।

बालेनको नेतृत्व मधेसको सपना : संघीय लोकतान्त्रिक मोर्चा

संघीय लोकतान्त्रिक मोर्चाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीको रूपमा स्थापित गर्ने प्रक्रियामा सघाउने निर्णय गरेको छ ।

इरान द्वन्द्वले अमेरिकामा बढ्यो पेट्रोलको मूल्य, ट्रम्प रणनीति बदल्दै

अमेरिकामा पेट्रोलको औसत मूल्य अहिले करिब ३.६ डलर प्रति ग्यालन पुगेको छ, जुन सन् २०२६ को फेब्रुअरीमा २.३० डलर प्रति ग्यालन थियो।

‘लालीबजार’ को पहिलो गीत सार्वजनिक गर्दै स्वस्तिमाले के भनिन्?

स्वस्तिमा खड्काको र्शीष भूमिका रहेको फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक भएको छ।

पूर्वप्रधानमन्त्री ओलीका पिताको मृत्युपछि आँखाको नानी दान

उनको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उनको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

एमालेले समानुपातिक सांसदको नाम पर्सी पठाउने

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ निर्वाचित सांसदहरूको नाम आइतबार मात्रै पठाउने भएको छ।

‘खानेपानी समस्याले बिस्थापित हुँदै गाउँले’

जमिन सुक्खा भएपछि आम्दानीको स्रोत पनि सुक्दै गएका छन्। आम्दानी नभएपछि जीवन गुजारा गर्न पनि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको भनाइ छ।

घरघरमा ग्यासको भण्डारण गरेर जोखिम नमोल्न निगमको आग्रह

नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिती नगर्न आमउपभोक्तामा आग्रह गरेको छ।

चालकले नियन्त्रण गुमाउँदा धादिङ बस दुर्घटना : प्रतिवेदन

गत फागुन ११ गते पृथ्वी राजमार्गअन्तर्गत पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबस राति १ बजेर ३० मिनेटमा धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ भैँसेगौंडाबाट त्रिशूली नदी किनारमा दुर्घटनामा परेपछि सरकारले कार्यदल गठन गरेको थियो।

चीनले इरानी स्कुल आक्रमण पीडितलाई दुई लाख डलर सहयोग दिने

चीनले मध्यपूर्व युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको घातक क्षेप्यास्त्र आक्रमणमा मारिएका विद्यार्थीका अभिभावकलाई दुई लाख डलर मानवीय सहयोग दिने जनाएको छ।

मध्यपूर्व तनावको प्रभाव नेपाली भान्सामा

पश्चिम नेपालका मुख्य सहरहरू नेपालगन्ज, कोहलपुर, बुटवल, धनगढी, घोराही र तुलसीपुरमा एलपी ग्यासको माग उल्लेख्य रूपमा बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्