६ आश्विन २०८१ आइतबार
image/svg+xml

गोरखामा माओवादीले टुङ्गो लगायो उम्मेद्ववारहरू

नेकपा माओवादी केन्द्र गोरखाले स्थानीय तहमा चुनाब लड्ने उम्मेद्ववारको टुङ्गो लगाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादीले लामो कसरतपछि स्थानीय तहमा उम्मेद्ववार छनौट सकिएको बताएको छ ।

गोरखामा छ दलले चुनाव लड्न नपाउने

जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् ।

एनआरएन नेदरल्याण्डले गोरखाको विद्यालय पुनःनिर्माण गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) नेदरल्याण्डले गोरखाको मान्बु –६ स्थित श्री सिद्धार्थ बनस्थली निम्न माध्यामिक विद्यालय पुनः निर्माण गर्ने भएको छ ।

१० महिना पछि खुल्यो गोरखा अस्पतालमा फार्मेसी

५० शैयाको गोरखा अस्पतालमा १० महिना देखि बन्द फार्मेसी सुचारु भएको छ । कर्मचारीले आर्थिक अपचलन गरेपछि गत असारदेखि बन्द रहेको अस्पताल फार्मेसीको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले शुक्रवार पुनः शुभारम्भ गरेका हुन् ।

गोरखाको द्रब्यशाह क्याम्पसमा नेविसंघ बिजयी

द्रब्यशाह बहुमुखी क्याम्पस गोरखामा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ। अखिल क्रान्तिकारीका मनोज राना मगरलाई ३ मत अन्तरले पछि पार्दै नेपाल विद्यार्थी संघका प्रविण बस्नेत सभापतिमा विजयी बनेका हुन्।

द्रब्य शाह क्याम्पस गोरखामा विष्फोट

फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गोरखाका दुईवटै क्याम्पमा तनाब सिर्जना भएको छ। एकमात्रै आंगिक क्याम्पस गोरखा क्याम्पस गोरखामा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ भने द्रब्यशाह बहुमुखी क्याम्पसमा अज्ञात समूहले सुतली बम बिष्फोट गराएको छ।

डेनमार्कका राजकुमार गोरखामा

डेनमार्कका राजकुमार योकिम प्रिन्स आइतबार गोरखा आएका छन्। उनी आवद्ध रहेको केयर नेपाल नामक संस्थाले भूकम्पपछि गोरखामा गरेको कामको अवलोकन गर्ने क्रममा उनले खोप्लाङमा महिला समूहले गरेको सामुहिक तरकारी खेती र गाँखु स्वास्थ्य चौकी भबनको निरीक्षण गरे।

बुढीगण्डकी आयोजनाले डुबाउने गोरखाका ठूला फाँटहरु (फोटो फिचर)

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारणको अन्तिम काम भईरहेको छ। यतिबेला जिल्ला मुआब्जा निर्धारण समितिले आयोजनाबाट डुब्ने जग्गाको मुआब्जा तोक्न बर्गिकरणका लागि स्थलगत अध्ययन गरिरहेको छ।

गोरखाका चार मेडिकलमा सिलबन्दी

जिल्ला प्रशासन कार्यालय गोरखाले बिहीबार गोरखा नरपालिका र पालुङ्टार नगरपालिका भित्रका चार वटा मेडिकलमा सिलबन्दी गरेको छ। गोनपा ३ को दुर्गा आयूर्वेदिक फर्मा, ९ को साकृति हेल्थ क्लिनिक, पानपा ९ बाह्रपिर्केको अमन मेडिकल सेन्टर र वडा नम्बर १० को उपकार प्याथोलोजी एण्ड मेडिकल हलमा सिलबन्दी गरिएको हो।

गोरखा दरबारबाट हनुमानढोका दरबारका लागि फूलपाती पठाइयो

गोरखा- गोरखा दरबारको दसैँ घरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ।

गोरखामा ठूलो राशिको भलिबल

गोरखा नगरपालिका–९ छेवेटारको सूर्योदय युवा परिवारले जिल्लामै पहिलोपटक ठूलो राशिको भलिबल प्रतियोगिता गर्ने भएको छ ।

उत्तरी गोरखामा पहिरो, विदेशीसहित चारको मृत्यु

उत्तरी गोरखाको केरौंजा– ९ दोभान भन्दा तल पुलपारि पहिरोमा परी बिहीबार चार जनाको मृत्यु भएको छ भने छ जना गम्भीर घाइते भएका छन्। बिही गाविसबाट फर्कँदै गर्दा एक जना बिदेशी स्पेनिस नागरिकसहित गाइड ३५ वर्षका दोर्जे लामा, ३० वर्षका छिरि शेर्पा र क्यान नेपाल नामक संस्थाकी कर्मचारी ओखलढुङ्गाकी वर्ष २५ कि रञ्जना बस्नेतको पहिरोमा पुरिएर मृत्यु भएको घटनास्थल पुगेको प्रहरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

तरुण दल गोरखाको अध्यक्षमा पूर्व माओवादी लडाकु

गोरखा- नेपाली कांग्रेसको भातृसंस्था नेपाल तरुण दल गोरखाको अध्यक्षमा यमबहादुर थापा (अरुण) अत्याधिक मतले बिजयी भएका छन्।

गोरखामा झाडापखाला प्रकाेप, घरैपिच्छे बिरामी

गोरखा– गोरखाको उहिया गाविसस्थित खोर्ला गाउँमा घरैपिच्छे बिरामी पर्नेको सङ्ख्या बढ्दै गएको छ। विगत दुई सातादेखि खोर्लामा फैलिएको झाडापखाला, ज्वरो तथा रुघाखोकीलगायत रोग नियन्त्रणमा नआउँदा भूकम्पपीडित स्थानीयवासी समस्यामा छन्।

गोरखामा परकम्प

गोरखाको अश्राङ गाविस आसपास केन्द्रविन्दु भएर आज बिहान ११ बजेर ५९ मिनेट जाँदा ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्