४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

चुमनुब्रीले उठाउन थाल्यो भिन्दै पर्यटन शुल्क

गोरखाको माथिल्लो क्षेत्रमा पर्ने मनास्लु संरक्षण क्षेत्र भ्रमण गर्ने स्वदेशी र विदेशी पर्यटकसँग अतिरिक्त पर्यटक शुल्क उठाउने चुमनुब्री गाउँपालिकाको निर्णयले विवाद सुरु भएको छ। गाउँपालिकाले कुनै हालतमा पर्यटन शुल्क उठाउने बताउँदै आएको छ भने मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले त्यो निर्णय लागु नगर्न अनुरोध गरेको छ। गाउँपालिकाले असोज १ देखि पर्यटन शुल्क उठाउन पनि थालिसकेको छ।

दयनीय अवस्थामा गोरखकाली रबर उद्योग: दशौँ वर्षदेखि बाँदर र स्यालको रजाइँ

२०४१ साल जेठ ३० गते उद्योग विभागमा दर्ता भएर २०४२ सालमा तत्कालिन राजा वीरेन्द्रले शिलन्यास गरेको गोरखा नगरपालिका वडा नं १३ मझुवामा रहेको गोरखकाली रबर उद्योग लिमिटेडको आफ्नै कथा छ।

लेदोसहितको भेलले बस्ती बगाउँदा गोरखामा हराएका पाँचजना अझै भेटिएनन्

पहिरोले खोल्सी थुन्दा पोखरी बनेको र त्यही पोखरी फुटेर बग्ने क्रममा छहराबाट खसेको लेदोसहितको भेलले बगाउँदा गोरखामा एकैपरिवारका तीनजना सहित पाँचजना बेपत्ता भएका छन्। भेलमा परेर अरु दुइजना घाइते भएका छन्।

मनास्लु क्षेत्रमा हिउँ चितुवाका १३ वयस्क देखिए

हिउँ चितुवाबारे अध्ययन अनुसन्धान गरिरहेका अनुसन्धानकर्ताले गोरखाको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) मा हिउँ चितुवाका १३ वटा वयस्क र दुईवटा बच्चा देखिएको बताएका छन्।

‘खोर्लाबेँसीमा उत्पादित ट्राउट माछाको माग धान्नै सकिएन’

माछा उत्पादन सुरू भएपछि व्यवसाय सुरू गर्नुअगाडिको जस्तो चिन्ता कहिल्यै गर्नु नपरेको गोरखाका लक्ष्मण गुरुङले बताए।

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु

धादिङको थाक्रे गाउँपालिका ५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ।

बजेट अभावले एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५, लामाचौरस्थित एकीकृत मिलन बस्ती निर्माण कार्यमा ढिलाइ भएको छ।

भूकम्पबारे चेतना जगाउन बृहत् फोटो प्रदर्शनी

विक्रम संवत् २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पको सम्झनामा भोलि वैशाख १२ यहाँ बृहत् फोटो प्रदर्शनी आयोजना हुने भएको छ।

गोरखाको सामागाउँमा वीरेन्द्र तालमा हिमपहिरो मिसिँदा तल्लो क्षेत्रमा बाढी

मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)को संरक्षित क्षेत्रमा पर्ने गोरखाको चुमनब्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा माथिबाट खसेको हिमपहिरो मिसिँदा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ।

हिमपहिरोले विरेन्द्र ताल फुट्यो, ठूलो जोखिम नरहेपनि सतर्कता अपनाउन आग्रह

आज बिहान माथिबाट हिमपहिरो खसेपछि चुमनुब्री गाउँपालिकामा पर्ने उक्त ताल फुटेको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले नागरिक न्युजलाई बताए।

सार्वजनिक पदमा रहेकाले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ।

निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित

जिल्लाको भीमसेन थापा गाउँपालिकामा आयोजित सातदिने निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित भएका छन्।

गोरखापत्र र टेलिभिजनका कार्यकारी अध्यक्षलाई पदबाट नहटाउन सर्वोच्चबाट अन्तरिम आदेश

गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णु सुवेदी र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहलाई स्पष्टीकरण सोधेर बर्खास्त गर्ने सरकारको तयारीमा रोक लगाउँदै सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

गोरखाको रुन्चेतगाउँ पुग्न भिर खोपेर झोलुङ्गे पुल बनाइँदै

बुढीगण्डकी नदीका कारण रुन्चेत र लुसीकाङ विकट भएका हुन् तर अब घण्टौँ हिँड्नुपर्ने बाध्यताबाट स्थानीय मुक्त हुँदैछन्।

सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा अस्ट्रेलियावासीको सहयोग

२०८२ सालभित्र नेपाललाई सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पसहित मानवीय सेवामा जुटिरहेको मानवसेवा आश्रमले अष्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम गरी एक करोड ७० लाख रकम सङ्कलन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्