७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

दसैँमा घर जाने चटारो (फोटोफिचर)

नेपालीहरूको महान् पर्व दसैँ घर आगनमै आइसकेको छ। काठमाडौंको नयाँ बसपार्कमा दसैँ मनाउन घर जानेहरूको भीड छ।

बढी भाडा लिने ३१ जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मंगलबार मात्र बल्खुबाट एउटा सवारी साधन सहित ८ जना, नयाँ बसपार्कबाट ६ जना र कोटेश्वरबाट ३ जना गरी १७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

पहिरो पीडितलाई दसैँको भन्दा गुमाएका आफन्तको चिन्ता

दसैँ नजिकिएसँगै गाउँमा चहलपहल बढेको छ। छिमेकीले घर लिपपोत गरेर शृङ्गारेका छन्। परदेशिएका र सहर पसेका पनि चाडबाड मान्न गाउँ फर्किरहेका छन्। दसैँको माहोलले गाउँघरमा रौनक छाएको छ।

दसैंमा नयाँ होइन सुकिला नोट

पछिल्लो पाँच वर्षमा नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्न वार्षिक औसत एक अर्ब तीन करोड रुपियाँ खर्च गर्ने गरेको देखिन्छ। विगतका वर्षमा जस्तो यो साल २०८१/८२ मा दसैँमा नयाँ नोट नपाइने भएको छ।

नवरात्रको छैठौं दिन मिथिला क्षेत्रमा आज ‘बेलनौत’ विधि गरिँदै

षष्ठीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन बिहानै टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट्याएर उघार्ने गरिन्छ।

छतमा यात्रु बोक्ने सवारीसाधनलाई २० हजारसम्म जरिवाना

जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ।

कर्णालीमा चाडपर्व लक्षित सुरक्षा योजनामा चार हजार प्रहरी परिचालित

कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ।

व्यापारीको गुनासोः सोच जस्तो छैन व्यापार

'रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्' न्युरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरेका छन्। तर ग्राहकको सङ्ख्या भने पातलो छ।

खाद्यले बिक्री गर्न थाल्यो खसी-बोका र च्याङ्ग्रा (फोटोफिचर)

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसी-बोकाको बिक्री वितरण सुरू गरेको छ।

बडादसैँको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ।

‘कसरी घर जाने बाटोको अवस्था यस्तो छ’

दसैँका लागि सङ्घीय राजधानी काठमाडौँ छोडेर घर जानेको सङ्ख्या दिनहुँ बढ्दै गएको छ। दसैँका लागि घर जाने तथा अग्रिम टिकट लिनेका कारण काठमाडौँको गोँङ्गबुमा रहेको नयाँ बसपार्कका हिजोआज घुइँचो बढ्न थालेको छ।

उपभोक्ताको गुनासोः महँगो दसैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ

काठमाडौं उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको छ। तर, उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महँगो रहेको गुनासो गरे।

नवरात्रको दोस्रो दिन: आज ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदै

नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ।

दसैँका लागि काठमाडौं आइपुग्यो च्याङ्ग्रा (तस्बिरहरू)

दसैँका लागि निजी क्षेत्रले खरिद गरेको च्याङ्ग्रा काठमाडौं आइपुगेको छ। बिहीबार पहिलो लटको च्याङ्ग्रा कंलकीस्थित खस बजारमा झारिएको हो।

दसैँको बिदामा सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा बिहीबारदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्