२ आश्विन २०८१ बुधबार
image/svg+xml

लोक सेवा परिक्षामा पाँच लाखले फाराम भरे, तीन हजार पास

सरकारी सेवामा अवसर पाउनेहरूमा महिला १ हजार ९९ जना र पुरुष २ हजार ५ सय ७६ जना छन्।

मुस्ताङ बौद्ध विद्यालय: तीन सय जनालाई खाना पकाउने स्टिम प्रविधि

मुस्ताङको थासाङ गाउँपालिका १ टुकुचे झिलिङस्थित नालन्दा बौद्ध विद्यालयमा दाउरा प्रयोग गरी बाफ प्रविधिबाट खाना पकाउने गरिएको छ।

डोल्पाबाट मुस्ताङ आउँदै गर्दा हराएका पर्यटक र गाईडको सकुशल उद्धार

डोल्पाबाट पदयात्रा गर्दै मुस्ताङ आउने क्रममा पाँचदिनदेखि सम्पर्कविहीन बनेका विदेशी पर्यटक सहितको समूहलाई मुस्ताङ प्रहरीले सकुशल उद्धार गरेको छ। पदयात्राको क्रममा डोल्पाबाट पसेर मुस्ताङ निस्कने क्रममा उनीहरुले बाटो बिराएका थिए।

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय: करिब असी हजार पर्यटकले गरे भ्रमण

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन्।

कात्तिकमा झन्डै ८० हजार पाहुनाले मुस्ताङ घुमे

कात्तिक महिनामा मात्र हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन्। ती मध्ये ७३ हजार ८ सय ७९ जना आन्तरिक र ५५ सय ४ जना विदेशी पाहुना रहेको मुस्ताङ प्रहरीले बताएको छ। सबैगरि ७९ हजार ३ सय ८३ जना पाहुना मुस्ताङ पुगेको प्रहरीको तथ्यांक रहेको छ।

कोरला नाका खुलेपछि मुस्ताङीको दैनिकी सहज बन्दै

चीनसँगको कोरला नाका खुलेपछि उपल्लो मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीयवासी दैनिक सामान लिन कोरला नाका भएर चीनको (नेचुङ-लिजी) बजार गइरहेका छन्।

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

मुस्ताङको सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको(नेचुङ–लिजी) बजार आवत जावत गर्न पाउने भएका छन्।

कोरला नाकाः चीनले खोल्दैछ, तर, नेपालतर्फ भने पूर्वाधार नै छैनन

चीनको स्वशासित क्षेत्र तिब्बत र मुस्ताङको लोमान्थाङ गाउँपालिकाको सिमाना पर्ने कोरला नाका कात्तिक २७ (आगामि सोमबार) देखि खुल्ने भएको छ। कोरला नाका खुलाउन लामो समयदेखि गण्डकी प्रदेशका बासिन्दाले माग गर्दै आएका थिए। नाका खुलेर व्यावसायिक रुपमा संचालनमा ल्याउन सके त्यसले नेपाली अर्थतन्त्रमा बलियो अर्थ राख्ने सरोकारवालाको भनाई छ।

मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी

मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ। म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ।

मुस्ताङी भन्छन्ः जलवायु परिवर्तनलाई कमजोर नठानौं

प्राकृतिक प्रकोपका घटना बढिरहेको अवस्थामा कसरी त्यसलाई न्यूनीकरण गर्न सकिन्छ भन्ने बुझ्नका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार हिमाली जिल्ला मुस्ताङ पुगेर स्थानीयसँग संवादमा जुटे। जलवायु परिवर्तनको वास्तविक अवस्था बुझ्न र यसअघिका घटनाबाट भोगेको क्षतिबारे जानकारी लिन प्रधानमन्त्री दाहाल बुधबार मुस्ताङ पुगेका थिए।

प्रधानमन्त्री दाहाल मुस्ताङमा, कोरला नाकाको अवलोकन

प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङको कागबेनी, मुक्तिनाथ मन्दिर र कोरला नाकाको अवलोकन गरेका छन्।

जलवायु परिवर्तनको असरबारे बुझ्न प्रधानमन्त्री मुस्ताङतर्फ

प्रधानमन्त्री पुष्पकमल दाहाल मुस्ताङ भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्।

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्।

बागलुङमा भित्रिए मुस्ताङी च्याङ्ग्रा

भाउ आकासिए पनि यहाँ मुस्ताङी च्याङ्ग्राको माग घटेको छैन।कोसेलीका लागि र दसैमा च्याङ्ग्राको मासु खाने चलनले भाउ आकासिए पछि व्यापार राम्रो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्