३ आश्विन २०८१ बिहीबार
image/svg+xml

पोखरा भित्रिने मुख्य राजमार्ग २४ घण्टादेखि अवरुद्ध

पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग २४ घण्टादेखि अवरुद्ध छ। राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुँवामा बुधबार बेलुकी ५ बजे भीषण पहिरो खसेको थियो। पहिरोले राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारीको तनहुँको दमौली खण्डमा लाम लागेको छ।

तनहुँको घाँसीकुवामा भीषण पहिरो, १ सय ३० मिटर सडक पुरियो

तनहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।

स्वास्थ्य कार्यालय तनहुँ भन्छः राजमार्ग बिस्तारका क्रममा खनिएका खाडल र थुपारिएका उपकरणले डेंगी संक्रमण बढायो

स्वास्थ्य कार्यालय तनहुँले पोहोर दमौली र अहिले आँबुखैरेनीमा डेंगी संक्रमण तिब्र रुपमा फैलिनुको कारणबारे सुक्ष्म अध्ययन गर्यो र निष्कर्ष निकाल्यो–राजमार्ग बिस्तारका लागि खनिएका खाडल र थुपारिएका तिनै उपकरण र सामाग्रीमा संकलित पानीका कारण डेंगी फैलाउने लामखुट्टे बढेको र त्यसले राजमार्गले छोएको क्षेत्रमा संक्रमण बढेको हो।

हिलोमा सवारी फसेपछि पृथ्वी राजमार्गमा सकस

बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग (पोखरा–आँबुखैरेनी) मा यतिबेलाको यात्रा सकसपूर्ण छ। राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुदेखि करिब पाँचकिलोमिटर परको सेरासम्मको खण्डका ठाउँठाउँमा हिलोमा सवारी फस्ने गरेका छन। हिलोमा फसेका सवारी पन्छाउनै सकस रहेको प्रहरीको भनाई छ। सडकमा खसेको पहिरोले भन्दा पनि बिस्तारको क्रममा रहेको सडकको हिलोमा फसेका सवारीका कारण यात्रा असहज बनेको छ।

मुग्लिन-पोखरा सडक विस्तार: चैतभित्र अनधिकृत संरचना हटाउन आग्रह

व्यास नगरपालिकाले पृथ्वी राजमार्गअन्तर्गत दमौली बजारमा अनधिकृत रूपमा ठड्याइएका संरचना हटाउन आग्रह गरेको छ।

पृथ्वी राजमार्गको सकस: २२ किलोमिटर दूरी पार गर्न चार घण्टा

बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्गमा वर्षा थपिँदा अहिले सडक हिलाम्य बनेको छ। बाटो चिप्लो बनेको छ। वर्षाले गर्दा कतिपय ठाउँमा गाडी गुडाउनै सकस हुने गरेको छ। वर्षाको पानी जम्दा ट्रयाक पहिचान गर्न समेत चालकलाई सकस हुने गरेको छ। चारपांग्रे साना र दुइपांग्रे सवारीको यात्रा त झनै सकसपूर्ण बन्ने गरेको छ।

इच्छाकामनाको सुन्तला बोटबाटै बिक्री

इच्छाकामनामा उत्पादन भएका सुन्तला रसिलो हुने भएका कारण ग्राहकको रोजाइमापर्ने हुँदा किसानलाई सुन्तला बिक्रीको चिन्तै छैन। उनीहरुको बोटबाटै सुन्तला बिक्री हुँदै आएको छ।

पोखरा जाँदै गरेको बस दुर्घटना, १८ घाइते (घाइतेहरूको नामावलीसहित)

आज बिहान करिब साढे ८ बजे तनहुँको व्यास नगरपालिका –१२स्थित पृथ्वी राजमार्गमा बस दुर्घटनामा परेको हो।

मुग्लिन पोखरा सडक: डुम्रे–छिर्कने खण्डमा कालोपत्र गर्न थालियो

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको डुम्रे–छिर्कने खण्डमा कालोपत्र थालिएको छ।

नयाँ बसपार्कबाट निःशुल्क बस सेवा

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम क्षेत्रका जनताका लागि निःशुल्क बससेवा सञ्चालन गरेको छ।

पृथ्वी राजमार्गको यात्रा सहज र सुरक्षित बनाउन बैठक

चाडपर्वको बेला पृथ्वी राजमार्गको यात्रालाई सहज, सुरक्षित र भरपर्दो बनाउन यहाँका जिम्मेवार निकाय एक भएर अघि बढ्ने भएका छन्।

दुर्घटनामा परेको बसबाट १६ यात्रुको उद्धार, केही यात्रुको मुत्यु (अपडेट)

काठमाडौंबाट पोखरा आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै दुर्घटनामा परेको छ। बसबाट अहिलेसम्म १६ जना यात्रुको उद्धार गरिएको भएपनि केहीको मृत्यु भएको प्रहरीले बताएको छ।

तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ। तनहुँको आँबुखैरेनीमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्