विवाहको उमेर घटाउने बहसः कतै बालविवाहको चिन्ताबाट भागिरहेका त छैनौं ?
सुदूरपश्चिम, कर्णाली र मधेश प्रदेशमा छलफल गरेपश्चात विवाहको उमेर बारेको प्रतिवेदन कानुन, न्याय तथा मानव अधिकार समितिमा प्रतिवेदन पेस भएको छ। समितिकी सदस्य रन्जुकुमारी झाले तीनवटा प्रदेशबाट उमेर घटाएर १८ कायम गर्न सुझाव आएको बताउँछिन्।