दलित परिवारलाई सरकारको नयाँ घर उपहार
गरिबीका कारण घर बनाउन नसक्दा कष्टकर जीवन बिताउँदै आएको अवस्थामा सरकारले घर निर्माण गरिदिएपछि सहज भएको स्थानीयवासी देवीचरण दर्नालले बताए। टहरामा त्रिपाल हालेर वर्षौँ कटाएको अवस्थामा घर पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ।