प्रतिकूलताबीच उत्साहः दसैँको महत्त्वपूर्ण सन्देश
समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन। तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र दसैँ मनाइरहेका छन्। सबैलाई शुभकामना।
समस्याका चांग छिचोलेर समाधान पहिल्याउनु सहज हुँदैन। तर नेपालीले प्रतिकूलतामा पनि अनुकूलताको खोजी गरेका छन् र दसैँ मनाइरहेका छन्। सबैलाई शुभकामना।
घरमै बसेर वा आफन्तकोमा गएर दसैँ मनाउँदै गर्दा खानपान ठूलो महत्त्वको विषय हुन्छ। दसैँ भन्नासाथ मासुसहितका मिष्ठान्न परिकार खाने भनेर लिने गरिन्छ। त्यसकारण पनि दसैँ खानपानलाई जोड दिनुको साटो विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ।
काठमाडौंका भृकुटीमण्डप, बबरमहल, कलंकीको खसी बजार, खाद्य व्यापार कम्पनीका खसी बोकाहरु किन्ने क्रम अहिले जारी छ। उपभोक्ताहरु खसी किन्न शुक्रबारसम्मै आउने गर्दछन्।
आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दशैं घरमा आज नवदुर्गा मध्येकी नवौं देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ । दुर्गाको प्रतीकका रूपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ।यस अवसरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा आराधना गरिन्छ।
प्रत्येक वर्ष झैँ यसवर्ष पनि बडादसैँको सप्तमी तिथिको पूजा अर्चना गर्दै महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा दुर्गा भवानीको मूर्ति पूजा सुरु भएको छ।
नेपालीहरूबीच दसैँमा रातोमाटोले घर पोत्न परम्परा नै छ। ढुङ्गा र माटोले पोतिएका घरलाई दसैँमा चिटिक्क बनाउन यस बेला स्थानीय रातोमाटोको जोहो गर्न व्यस्त देखिन्छन्।
हरियाली पहाडको पृष्ठभूमिमा देखिने सेताम्मे हिमशृङ्खला। रातोमाटो र कमेरो पोतेर रङ्गिएका घर। लिङ्गे र रोटेपिङ्गमा मच्चिदाँको आनन्द।
युरिक एसिडका बिरामीले रातो मासु नखाँदा स्वास्थ्यको लागि राम्रो हुन्छ। कोलेस्ट्रोल र ट्राइग्लिसेराइड बढी भएका बिरामीले सेतो मासु जस्तै–छाला हटाएको कुखुराको मासु, छाला हटाएको माछा खानुपर्छ।
गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि हरेक वर्ष बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली हनुमानढोका दरबारमा भित्र्याउने प्रचलन छ
जीवनपुरदेखि काठमाडौँको जमलसम्म यहाँबाट गएका ब्राह्मण जातिका छजनाले ल्याउने परम्परा रहिआएको छ। शार्दूल जङ्ग गुल्मबाट गुल्मपतिको ‘कमान्ड’मा बाजागाजासहित ‘इन्फिल्ड नाल’बाट सलामी दिई जमलबाट हनुमान ढोकासम्म ल्याउने गरिन्छ।
पश्चिम चितवन तरकारी खेतीका लागि प्रख्यात छ। तरकारी जोन समेत स्थापना भएको यस क्षेत्रका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्न व्यस्त छन्।
दसैँको बेलामा गाउँबाट काठमाडौं उपत्यकामा खसी बिक्री गर्न आएका व्यापारीहरुले काठमाडौं महानगरपालिकाको अकर्मण्यताका कारण खसी हराएको आरोप लगाएका छन्।
काठमाडौँ उपत्यका मुख्य व्यापारिक केन्द्रदेखि साना तथा ठुला बजारमा किनमेल गर्ने ग्राहकको भिडभाड बढेको हो।
तापक्रम घट्दै जाने क्रममा प्रकोप फैलिएका जिल्लाहरूमा संख्यात्मक रूपमा नयाँ संक्रमित संख्या घटेको देखिएको र केही जिल्लामा अहिले पनि संक्रमण जारी रहेको, केही जिल्लामा उस्तै संख्यामा संक्रमण फैलिरहेको हुनाले सजक भएर दसैं मनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।