३ आश्विन २०८१ बिहीबार
image/svg+xml

विदेशी पर्यटकः जुलाईको आगमन सात महिनाकै कम

सातमहिना अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिएका छन्। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक रहेको छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यो जुलाईमा आएका छन्।

प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रसतर्फ रमेश गुरुङले जितेका छन्। नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए।

टोकियो ओलम्पिक: मसाल र्‍यालीमा परिवर्तन

टोकियो सरकारका अधिकारी कोइची ओसाकाबेले आगामी जुलाई ९ देखि हुने ओलम्पिक मसाल र्‍याली राजधानीमा बन्द समारोहका बीच हुने जनाएका हुन्। कोरोना भाइरसको महामारीका कारण उक्त र्‍याली आफ्नो निर्धारित समयभन्दा अगावै आठ दिनका लागि गरिनेछ।

ट्रम्प र पुटिनबीच भेटवार्ता जुलाईमा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच आगामी जुलाईमा यूरोपमा भेटवार्ता हुनसक्ने बताइएको छ।

जिम्बावेमा जुलाई ३० मा निर्वाचन

रोबर्ट मुगावेको शासनपछि जिम्बावेमा पहिलो पटक जुलाई ३० मा राष्ट्रपति तथा संसदीय निर्वाचन हुने भएको छ । जिम्बावेका राष्ट्रपति एमर्सन मनानगाग्वाले बुधबार निर्वाचन अन्तर्राष्ट्रिय पर्यवेक्षणसहित स्वतन्त्र र निष्पक्ष हुने दाबी गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

रिजुलाई ‘मिस नेवा’ उपाधि

काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन्।

‘नारायणगोपाल युवा संगीत’ पुरस्कार शिवाकोटी र जोजिजुलाई

राष्ट्रिय युवा सेवा कोषले यो वर्षको ‘नारायणगोपाल युवा संगीत’ पुरस्कार उदयपुरका मनोजराज शिवाकोटी र कास्कीकी इतु जोजिजुलाई संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको छ।  नारायणगोपाल युवा संगीत पुरस्कार छनोट समितिका अध्यक्ष प्राध्यापक दीपक जंगमको अध्यक्षतामा शुक्रबार सम्पन्न बैठकले रु ५० हजार राशिको उक्त पुरस्कार संयुक्त रुपमा प्रदान गर्ने निर्णय गरेको हो।

काठमाडौंमा रञ्जुलाई पछ्याउँदै साझा पार्टी

राष्ट्रिय सभागृहमा जारी काठमाडौं महानगरपालिकाको मतगणनाअनुसार काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य १८६५६ मत सहित अगाडी छ । नेपाली काँग्रेसका उम्मेदवार राजुराज जोशी १२९०८ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै विवेकशील नेपालीकी रञ्जु न्यौपाने ७४०४ र साझा पार्टीका किशोर थापा ५५४२ मत पाएका छन् ।

दाजुलाई बचाउन खोज्दा भिरबाट लडेर दाजुभाइको मृत्यु

भिरबाट लडेर गाँजरीमा दाजुभाइको सोमबार मृत्यु भएको छ। मृत्यु हुनेमा गाँजरी-२ का ४० वर्षीय करे धामी र उनका ३० वर्षीय भाइ परे रहेको स्थानीयवासी वसन्त विष्टले जानकारी दिए।

एनआरएनए युरोप क्षेत्रीय सम्मेलन जुलाई अन्तिम साता

गैरआवासीय नेपाली संघ (एनआरएन) युरोप क्षेत्रको १० औं बैठक जर्मनीको फ्रयाङ्कफर्टमा हुने भएको छ। युरोपका २७ देशको सहभागिता रहने उक्त बैठक जुलाई २९ र ३० मा गर्ने निर्णय सोमबार सम्पन्न एनआरएनए जर्मनीको साधारणसभाले सर्वसम्म पारित गरेको हो।

आरजुलाई लिटिल आइकन उपाधि

नेपाल्स लिटिल आइकन २०१६  मा ८ देखि १२ वर्ष उमेर समूहका बालिकाबाट आरजु बस्नेत बेस्ट स्पिचसहित विजयी भएकी छिन्। प्रतियोगितामा १३ देखि १५ वर्षका किशोरीतर्फ चाहिँ कृपा घिमिरे दर्शक छनोटका साथ विजयी भएकी छिन्।

त्यो जुलाई ३०

इङ्लिस फुटबलले इतिहास रचेको ५० वर्ष पुगेको छ। आशावादीहरू लामो समय र कठिन किन नहोस् अझै इङ्लिस टोली विश्व च्याम्पियन बन्नेमा विश्वस्त छन्। त्यो दिन। शनिबार, जुलाई ३०, १९६६। पूरै देश एक स्थानमा उभिएको थियो। जुन दोस्रो विश्वयुद्धपछि कमै मात्र यस्तो भएको थियो। एल्फ राम्सेको इङ्ल्यान्डले अतिरिक्त समयमा पश्चिम जर्मनीलाई ४–२ ले पराजित गर्दै विश्वकप फुटबलको उपाधि उचालेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्