५ आश्विन २०८१ शनिबार
image/svg+xml

नागरिककर्मी ठकुरी सम्मानित

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६१औं वार्षिकोत्सवका अवसरमा नागरिककर्मी अनिल मल्ल ठकुरी सम्मानित भएका छन्।

राखेपद्वारा एरिका र स्यान्टुलाई जनही एक लाख

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले ६१औं वार्षिकोत्सवका अवसरमा करातेकी एरिका गुरुङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ गरी कुल पाँच खेलाडीसहित १८ खेलकर्मी र संस्थालाई बुधबार सम्मान गरेको छ।

‘पलेशाको पुरस्कारमा आयकर छुटको प्रस्ताव गर्छौं’

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिक २०२४ की ऐतिहासिक पदक विजेता पलेशा गोवर्धनले पाउने पुरस्कारमा कर छुटका लागि प्रस्ताव गर्ने बताएका छन्।

राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र कभर्डहल निर्माण प्रक्रिया अघि बढिसक्यो: राखेप सदस्यसचिव घिसिङ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले त्रिपुरेश्वरस्थित राखेपभित्र नेशनल ट्रेनिङ सेन्टर र बाह्रै महिना खेलाडीले प्रशिक्षण गर्न पाउने किसिमले कभर्डहल निर्माण प्रक्रिया अगाडि बढेको बताएका छन् ।

राखेप र एन्फाबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका लागि छलफल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पङ्कजविक्रम नेम्वाङबीच दशरथ रङ्गशालाको मैदान स्तरोन्नतिका विषयमा विहिबार छलफल भएको छ।

खेलाडीबारे नसोच्ने खेलकुद पदाधिकारीमाथि अप्रिय निर्णय लिन्छु: मन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलाडीहरूलाई स्वदेशमै जीवनयापन गर्न सक्ने वातावरण बनाउने गरी सरकारले आवश्यक कदम चाल्ने प्रतिवद्धता जनाएका छन् ।

‘अहिलेकै बजेटबाट ओलम्पिकमा पदकको अपेक्षा अनुचित’

२०२८ को लस एन्जल्स ओलम्पिकका लागि विकसित र युरोपियन राष्ट्रहरूले सन् २०२० देखि नै तयारी गरिरहेका छन्। हामीले पनि पेरिस ओलम्पिकपछि हुने साग र जापानमा हुने एसियन गेम्सको पूर्वतयारीका लागि ‘मिसन २०२६’ बनाएर अहिलेदेखि नै प्रशिक्षण गराइरहेका छौं। तर, आवश्यक बजेट पाएका छैनौं। अबको ओलम्पिकको तयारी गर्न एक रूपैयाँ पनि बजेट छैन। राज्यले यसरी नै सहभागिताका लागि मात्रै बजेट दिने भए आशातीत अपेक्षा गर्न सकिँदैन।

ई-स्पोर्टस पदक विजेता पुरस्कृत

ई स्पोर्टस सङ्घ नेपालको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय ई-स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ ।

ओलम्पिक तयारीमा सदस्य–सचिव घिसिङको चासो

पेरिस ओलम्पिकमा सहभागी हुने खेलाडीहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले तयारी बारे चासो राखेका छन् ।

नेपाली खेलकुदमा पहिलो पटक एन्थ्रोपोमेट्रिक अनुसन्धान

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाली खेलकुदकै इतिहासमा एन्थ्रोपोमेट्रिक अनुसन्धान सुरु गरेको छ।

परिषद्ले खोस्यो महानगरबाट सहिद रङ्गशालाको व्यवस्थापन

राष्ट्रिय खेलकुद परिषद्ले विराटनगरस्थित सहिद रङ्गशालाको व्यवस्थापकबाट विराटनगर महानगरपालिकालाई हटाइएको छ।

पारा तथा विशेष खेलकुद मंगलबारदेखि

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा पारा तथा विशेष खेलकुद प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।

रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेका छौँ: खेलकुद मन्त्री श्रेष्ठ

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले देशभरका रंगशालाहरुको व्यवस्थापनलाई मध्यनजर गरी रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरिएको बताएका छन्।

अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडीलाई २ करोड ९७ लाख १० हजार रकम प्रदान

अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान तथा पुरस्कार वितरण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्