४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

गलेश्वर क्षेत्रमा नयाँ विद्युत् लाइन जडान

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा अनियमित विद्युत् आपूर्तिको समस्या समाधान भएको छ ।

सयौँ भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो। भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कँदै गर्दा उनी केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए। ‘१८ वर्ष भयो यसैगरी गोठालो भई हिँडेको, दौतरीहरु कति विदेश त कति सहरतिर लागे’, उनले भने, ‘मलाई त यही भिरपाखामै रमाइलो छ।’

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजारभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन्।

म्याग्दीमा करोडौँको योजना कार्यान्वयन हुन सकेन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीयस्थल भुरुङ–तातोपानी कुण्डमा पूर्वाधार निर्माणका भित्रिएको करोडौँको योजना कार्यान्वयन हुन सकेको छैन।

विद्यालयमा ‘इन्टरएक्टिभ टचस्क्रिन स्मार्ट बोर्ड’ जडान

म्याग्दी सदरमुकाम बेनीमा रहेको प्रकाश माध्यमिक विद्यालयले शिक्षण सिकाइमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट बोर्ड’बाट अध्यापन गराउन सुरुआत गरेको छ।

बहुवर्षीय ठेक्का लगाएको योजना नै बजेटविहीन !

गण्डकी प्रदेश सरकारले मुस्ताङमा स्रोत सुनिश्चितता गरेर बहुवर्षीय ठेक्का लगाएको योजना नै वार्षिक कार्यक्रमबाट हटाइएपछि समस्या भएको छ।

लोभलाग्दो रुइसेको सुन्दरता

रूखबिरुवा नभएको हरियाली भिरालो पाखोको पृष्ठभूमिमा देखिने हिमशृङ्खला। पाखाको चरनमा रमाइरहेका गाईभैँसी, भेडाबाख्राका बथान। घाम, पानी र बादलको लुकामारी।

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ।

बोलेरो भिरबाट खस्दा एकजना घाइते

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्।

कालीगण्डकी करिडोरः महभिरको पहिरोले दुर्घटनाको जोखिम

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–७ महभिर क्षेत्रमा पहिरो खस्न थालेपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने भएको छ।

दरबाङ म्याग्दी जलविद्युत्ले दुई वर्षमा परीक्षण उत्पादन गर्ने

पश्चिम म्याग्दीको दरबाङमा निर्माणाधीन २५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजनाले आगामी असोजदेखि सिभिलतर्फको काम सुरु गर्ने भएको छ।

गलेश्वरमा गत वर्ष ५८ लाख भेटी सङ्कलन

म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको म्याग्दीको प्रमुख धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षको अवधिमा रु ५८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्