५ असार २०८२ बिहीबार
image/svg+xml

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ। प्रतिनिधि सभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो।

मितेरी सहकारीको रकम अपचलन गरी फरार रहेका भण्डारीलाई नेपाल ल्याइयो

ललितपुरको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न आरोपी ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा काठमाडौं ल्याइएको छ।

भिजिट भिसा प्रकरण: भट्टराई र जोशीबिच १० दिनमा ४८ फोनवार्ता

भिजिट भिसा दुरुपयोग गरी सेटिङमा नेपालीलाई विदेश पठाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेका सहसचिव तीर्थराज भट्टराई र गृह मन्त्रालयका एक अधिकृतबिच १० दिनमा ४८ पटक फोन सम्पर्क भएको पाइएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ।

नयाँ दिल्ली हुँदै खाडीमुलुक जान लागेका पाँच जना नियन्त्रणमा

सशस्त्र प्रहरी बल नेपाल पर्साले अवैधरूपमा भारतीय नाका हुँदै खाडीमूलुक जान लागेका चार महिलासहित एक पुरुषलाई ठोरीबाट नियन्त्रणमा लिएको छ।

ओली-देउवासहित नेताहरूबीच झन्डै चार घण्टा छलफल

सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) का नेताहरूबीच छलफल भएको छ। प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित अरु नेताहरूको उपस्थितिमा बुधबार (आज) बालुवाटारमा झन्डै चार घण्टा छलफल भएको हो।

रामोसको मोन्टेरेसँग रोकियो इन्टर मिलान

३९ वर्षे स्पेनिस स्टार सर्जियो रामोसको गोल प्रेरणामा मेक्सिकन क्लब मोन्टेरेले अमेरिकामा जारी क्लब विश्वकपमा इटालीको क्लब इन्टर मिलानलाई बराबरीमा रोकेको छ।

मोबाइल चार्ज गर्दा करेन्ट लागेर रौतहटमा महिलाको मृत्यु

राजपुर नगरपालिका-३, डमार पोखरी टोलकी ३० वर्षीया गुलनाज खातुनको उपचारका क्रममा बुधबार साँझ ज्यान गएको हो।

उखुको अनुदान कटौतीले किसान मारमा, उत्पादन घट्ने चिन्ता

सरकारले आगामी आर्थिक वर्षदेखि उखु किसानलाई दिँदै आएको प्रति क्विन्टल ७० रुपैयाँको उत्पादन अनुदान खारेज गरेपछि रौतहट, सर्लाही, महोत्तरी लगायतका जिल्लाका किसानहरूमा निराशा छाएको छ।

राजा फर्काउने आन्दोलनमा‘बर्खा’ बाधक !

अर्कोतिर, भीड जम्मा गर्न सक्ने नेता दुर्गा प्रसाईं थुनामा रहनु, राजसंस्था पुनर्स्थापनाको निश्चित मार्गचित्र दिन नसक्नु पनि आन्दोलन उठ्न नसक्नुको कारणभित्र औँल्याइन्छ।

लक्ष्मीनियाँले ल्यायो पौने ४८ करोडको बजेट

धनुषाको लक्ष्मीनियाँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४७ करोड ७९ लाख ६४ हजार ६२५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

भूमि आयोगले थाल्यो लालपुर्जा वितरण

वर्षाैंदेखि भूमिविहीन रहेका सर्वसाधारण धनीपुर्जा पाउँदा दङ्ग छन्। चुलाचुली–२ की अव्यवस्थित बसोवासी ८७ वर्षीया घनमाया मगरले जीवनको यो उमेरमा आफू जग्गाधनी भएकामा हर्ष व्यक्त गरिन्।

भैँसी चराउने क्रममा चट्याङ लागेर महिलाको मृत्यु

कपिलवस्तुको बिजयनगर गाउँपालिकामा बुधबार साँझ चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। भैँसी चराउन गएकी स्थानीय ४५ वर्षीया जन्ममति यादवको चट्याङको चपेटमा परी ज्यान गएको हो।

नेपालको विद्यालय विश्वकै उत्कृष्ट १० मा

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालित कोपिला भ्याली स्कुलले विश्वकै एक प्रतिष्ठित शैक्षिक सम्मान हासिल गर्दै नेपालको नाम अन्तर्राष्ट्रिय मञ्चमा चिनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्