१२ असार २०८१ बुधबार
image/svg+xml

दशैभर फैलियो मनसुन, कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना

मनसुन सोमबारदेखि देशैभर फैलिएको छ।मौसम पूर्वानुमान महाशाखाले सोमबार विशेष बुलेटिन जारी गर्दै पानी पार्ने मौसमी प्रणाली देशैभर विस्तार भएको बताएको हो।

पश्चिमी वायुको प्रभाव: कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना

हाल मनसुनी प्रणालीको प्रभाव कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नदी धमिलिने बित्तिकै मेलम्ची खानेपानी बन्द गरिने

मेलम्ची खानेपानी विकास समितिले ठूलो वर्षा भई मेलम्ची नदी धमिलो हुन थालेपछि मेलम्ची खानेपानी बन्द गर्ने तयारी गरिएको जनाएको छ। मनसुनजन्य विपद्बाट आयोजनामा हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न नदी धमिलिने बित्तिकै खानेपानी बन्द गर्ने तयारी गरिएको हो।

धनुषामा सुरु भयो मनसुनी पूर्वतयारी

सशस्त्र प्रहरीले धनुषामा मनसुनी पूर्वतयारी सुरू गरेको छ। यस वर्ष वर्षा बढी हुने मौसम पूर्वानुमान महाशाखाको अनुमानपछि प्रहरीले मनसुनी पूर्वतयारी सुरू गरेको हो।

विपद् व्यवस्थापनको तयारीका लागि अनुगमन

मनाङमा विपद् व्यवस्थापनको तयारी सुरु गरिएको छ। मनसुन भित्रिएसँगै हुनसक्ने सम्भाव्य विपद्को जोखिम न्यूनीकरणको तयारी सुरु गरिएको हो।

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

विपत् पूर्वतयारीमा मौन संसदीय समिति

यसपालि मनसुनले सरदर भन्दा बढी पानी पार्ने पूर्वानुमान गरिएको छ । जसले पहाडमा पहिरो र तराईमा बाढीले जनधनको ठुलो क्षति पुग्न जाने सम्भावना छ तर संसदीय समितिहरूले यसबारे खासै चासो देखाएका छैनन्।

विपद् सम्बन्धी सूचना र जानकारी ११४९ टोल फ्रि नम्बरमा दिन सकिने

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले विपद् सम्बन्धी सूचना र जानकारी लिनका लागि आजदेखि नै ११४९ टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको जानकारी दिएका हुन्।

मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने सरकारको आकलन

सरकारले यो वर्षको मनसुनजन्य विपत्तिबाट ८३ हजार घरपरिवार प्रभावित हुनसक्ने आकलन गरेको छ।

यस्तो छ सरकारको मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको पूर्वतयारी

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सरकारले मनसुनजन्य विपद् न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोस्टको स्थापना गरिएको बताएका छन्।

जेठ अन्तिमदेखि मनसुन भित्रिदै, सरदरभन्दा बढी वर्षा हुने

यस वर्षको मनसुन यही जुन १३ अर्थात जेठ ३१ गतेदेखि नेपाल प्रवेश गर्ने आँकलन गरिएको छ। यद्यपी मनसुन भित्रिने सरदर मितिभन्दा केही दिन तलमाथि पर्ने जल तथा मौमस विज्ञान विभागले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्