१३ आश्विन २०८१ आइतबार
image/svg+xml

सिग्देललाई सेनाको साख जोगाउने चुनौती

मुलुककै प्रमुख सुरक्षा संगठन नेपाली सेनाको ४५औं प्रधानसेनापतिका रूपमा नियुक्त प्रधानसेनापति अशोकराज सिग्देलले सोमबार औपचारिक रूपमा सेनाको कमान्ड सम्हालेका छन्।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।

किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुरक्षित गर्न माग

महिला तथा किशोरीको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग गरिएको छ । संविधान प्रदत्त सो अधिकार सुनिश्चित गर्न राज्यले नयाँ नीति बनाउन र यसलाई कार्यान्वयन गर्न माग गरिएको छ।

अबको ५-६ वर्षमा नयाँ महामारी फैलिने राष्ट्र सङ्घको चेतावनी

राष्ट्र सङ्घको नयाँ प्रतिवेदनमा सन् २०३० सम्म जुनोटिक रोग एक नयाँ महामारीको रुपमा देखा पर्ने चेतावनी दिइएको छ।

‘महिला अधिकारका निम्ती थप गर्नुछ’

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्यसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सिड) सदस्य वन्दना राणाले दोस्रो कार्यकालमा नेपाल तथा विश्वभरि पूरा हुन बाँकी रहेका महिला तथा बालबालिकाको अधिकारका मुद्दालाई जोड दिने बताएकी छन्।

विश्वभरि विस्थापितको सङ्ख्या १२ करोडभन्दा धेरै

संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण विश्वभर १२ करोडभन्दा बढी मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेको बताएको छ।

राष्ट्रसङ्घीय कमिटीमा नेपालकी राणा निर्वाचित

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य सम्बन्धि संयुक्त राष्ट्रसङ्घीय समिति महिलाविरुद्धको विभेद उन्मूलन कमिटी (सिड) को सदस्यमा नेपालकी बन्दना राणा निर्वाचित भएका छन्।

जलवायु परिवर्तनका समस्या न्यूनीकरण गर्न साना अनुदान कार्यक्रम प्रभावकारी

विश्व वातावरण सुविधा, साना अनुदान कार्यक्रममार्फत् नेपालका विभिन्न जिल्लामा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएका छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) अन्तर्गत विभिन्न जिल्लाका २८६ स्थानमा सञ्चालित कार्यक्रम प्रभावकारी देखिएको आज आयोजित कार्यक्रममा जानकारी दिइयो।

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

आइएलओले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्