नेकपा एसमा असन्तुष्टिको ज्ञापनपत्र,नेताहरूको पार्टी छाड्ने चेतावनी कि घुर्की ?
विगतमा एमालेमा रहँदा यिनै नेताहरूले नेपाललाई पार्टी विभाजनमा उक्साएका थिए । एमालेबाट विभाजित भएर बनेको नेकपा एसको असारमा भएको पहिलो महाधिवेशनबाट उनीहरूले पदाधिकारीबाट हात धुनुपरेको थियो। तिनै नेताहरूले अहिले पार्टीको सबै गतिविधिप्रति असन्तुष्टि जनाउँदै नेपाललाई पार्टी छाड्नेसम्म धम्की दिएका हुन्।