४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभा बैठकबाट ‘बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८१’ र ‘विधायन विधेयक, २०८१’ पारित गर्ने सम्भावित कार्यसूची छ।

प्रमाणीकरणको पर्खाइमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक

संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्का दुवै सदनबाट पारित भएर थन्किएको छ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएकामा राष्ट्रसङ्घद्वारा स्वागत

संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ।

संसद भवन निर्माणमा ढिलाई भएकोमा उपप्रधानमन्त्री सिंहको असन्तुष्टि, छिटो सक्न निर्देशन

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले सिंहदरबारस्थित संघीय संसद भवन निर्माण कार्यप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

प्रतिनिधिसभाः बढ्दो हवाई दुर्घटनासँगै नियामकको भूमिकामाथि प्रश्न

प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा नेपाली आकाशमा हवाई दुर्घटना बढेसँगै नियामक निकायको भूमिकामाथि प्रश्न उठेको छ ।

विशेष समिति सरकारका लागि मार्गनिर्देशक : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम अपचलनसम्बन्धी संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन्।

सभामुखको पत्र राष्ट्रपति कार्यालय पुग्यो, दाहाल सरकार कामचलाउ

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मत नपाएको ब्यहोराको पत्र राष्ट्रपति कार्यालय पुगेको छ।

बैंकिङ्ग साक्षरता शिक्षामा जोड्नुपर्छ :उपसभामुख राना

सङ्घीय संसदका सदस्यहरूका लागि बुधबार बैंकिङ्ग साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

संसदका कर्मचारीको माग वार्ताबाट अविलम्ब समाधान गर्नुपर्छ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद सचिवालयका कर्मचारीको माग वार्ताद्वारा समाधान गर्नुपर्ने बताएका छन्।

गैरसरकारी संस्थाको सहयोग नलिन संसद् सचिवालयको निर्देशन

सङ्घीय संसद् सचिवालयले संस्थागत जानकारी एवं अनुमतिबिना गैरसरकारी संस्थाको सहयोग नलिन संसदीय समितिहरुलाई निर्देशन दिएको छ।

सङ्घीय संसद्का कर्मचारीको माग सम्बोधन गर्न छलफल सुरु

सङ्घीय संसद् सचिवालयका कर्मचारीको माग र आन्दोलनका विषयमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, विभिन्न पार्टीका प्रमुख सचेतक/सचेतक र सचिवालयका उच्चाधिकारीसहितको छलफल सिंहदरबारमा सुरु भएको छ।

संसद् भवनमा मदिरा बार राख्न सांसद् बजगाईंको प्रस्ताव

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले निर्माणाधीन संघीय संसद् भवनमा मदिरा पाइने बार पनि बनाउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा रोस्टममा उभिएर बोल्दै सांसद बजगाईंले विदेशी संसद परिसरमा बार हुने उदाहरण दिँदै नेपालमा पनि बनाउनुपर्ने प्रस्ताव राखेका हुन् ।

दुईवटा नागरिकता विषयमा कांग्रेसको आपत्ति

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सभामुखले माइक नदिएपछि कांग्रेस सांसदले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेको दुईवटा नागरिकता भएको विषयमा बोल्न खोजेको जनाएका छन्।

सरकारको नीति तथा कार्यक्रम : उत्पादन र रोजगारी प्राथमिकता

संघीय सरकारले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धिलाई उच्च प्राथमिकतामा राख्दै आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम ल्याएको छ।

जेठ १ मा संघीय संसद्को संयुक्त बैठक, राष्ट्रपतिले सम्बोधन गर्ने

आगामी मंगलबार जेठ १० गते संघीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्