२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

सिधाकुरा प्रकरण : तारेखमा राख्दै सबैसँग लिखित जवाफ माग

सर्वोच्च अदालतले ‘सिधा कुरा’ को अडियो उपलब्ध गराउने, प्रसारण गर्ने सम्पादक, प्रकाशकलाई अदालतमा आफंै उपस्थित हुनेगरी तारेखमा राख्न आदेश गरेको छ।

दोहन रोक्नेलाई तारेखमाथि तारेख

२०७६ पुसको दोस्रो साता धनुषाको मिथिला नगरपालिका–५ का दीलिपकुमार महतोले ज्यानै गुमाउनु पर्‍यो। गाउँकै औरही खोलाको डिलमा सञ्चालित क्रसरले खोलामा एक्साभेटर लगाएर दोहन तीव्र पारेपछि दीलिप विरोधमा उत्रेका थिए। प्रशासन, प्रहरी र नगरपालिकाले दोहनकारीलाई साथ दिइरहँदा दीलिप धराप बनेर उभिएका थिए। दोहनकारीले लोभ्याउने प्रयास गरे तर सफल भएनन्। दोहनकारीको आँखामा गडेका दीलिपलाई टिपरले किचेर ‘हत्या’ गर्‍यो।

‘सिडिओले प्रत्येक तारेखमा एक लाखका दरले घुस असुल्थे’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर आएका दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल जिल्लामा कर्मचारी र कार्यालय प्रमुखलाई त्रासमा राखेर असुली गर्थे। कार्यालय प्रमुख र मुद्दाका पक्षधर उनको निरन्तर निशानामा पर्थे।

सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न आदेश

जिल्ला अदालत काठमाडौंले दोलखाबाट निर्वाचित संघीय सांसद पार्वत गुरुङलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ। स्थानीय निर्वाचन ताका माओवादी समर्थक कार्यकर्तालाई ‘ज्यान मार्ने प्रयास गरेको’ भनेर दायर भएको एउटा मुद्दामा पक्राउ गर्न उनलाई म्याद तामेल गरिएको थियो।

विप्लवका १७ कार्यकर्ता तारेखमा छुटे

सिन्धुपाल्चोक जिल्ला अदालतले राज्यविरुद्ध अपराध गरेको मुद्दा खेपिरहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका १७ कार्यकर्तालाई पुर्पक्षका लागि तारेखमा छोड्न आदेश दिएको छ।

पक्राउ परेका मेयर सहितका कर्मचारी साधारण तारेखमा रिहा

रौतहटको चन्द्रपुरमा रहेको होटल हिमालयनबाट पक्राउ परेका गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहितका कर्मचारीहरु साधारण तारेखमा रिहा भएका छन्।

वडाध्यक्ष तामाङलाई साधारण तारेखमा रिहा गर्ने आदेश

सर्वोच्च अदालतले चेलीबेटी बेचबिखनको अभियोगमा थुनामा रहेका नुवाकोट जिल्लाका वडा अध्यक्ष सुनबहादुर तामाङलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।

डा. केसी तारेखमा रिहा

न्यायालयको अपहेलना मुद्दामा गिरफ्तार गरिएका डा. गोविन्द केसीलाई बुधबार तारेखमा रिहा गरिएको छ । सर्वोच्च अदालतको न्यायाधीश पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासको आदेशमा केसी सामान्य तारेखमा रिहा भएका हुन् ।

डा. केसीलाई साधारण तारेखमा रिहा गर्न आदेश

अदालतको अपहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतले साधारण तारेखमा छोड्न आदेश गरेको छ।

कार्कीले वारेसमार्फत बुझे तारेख

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको तारेख बिहीबार वारेसमार्फत बुझेका छन्। मंसिर १६ का लागि मूल मुद्दा (अख्तियारमा कार्कीको नियुक्ति र योग्यतासम्बन्धी) को पेसी तोकिएकाले उनका तर्फबाट अधिवक्ता तेजबहादुर कटवाललेे अदालतबाट तारेख बुझेका हुन्।

लोकमान आफैले तारेख बुझे

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सातदिन भित्र उपस्थित हुन दिएको आदेशको म्याद तामेली आज आफैले बुझेका छन्। सर्वोच्च अदालतले यसअघि पठाएको तामेल नबुझेका कारण आफै उपस्थित हुन दिएको म्याद तामेली आफै बुझेका हुन्। सर्वोच्च अदालतका तामेलदार बालकृष्ण पौडलले टंगाल पुगेर कार्कीको हातमा म्याद तामेल थमाएका हुन्।

तारेख बुझ्न आएनन् कार्की

सर्वोच्च अदालतमा परेको योग्यतासम्बन्धी मुद्दामा म्याद तामेलीमै अवरोध पु¥याएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले तारेख बुझ्न पनि अटेर गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्