१२ आश्विन २०८१ शनिबार
image/svg+xml

लालपुर्जा पाइने भएपछि खुसी छन् स्थानीय

कैलालीको टीकापुर नगरपालिका ६ का निसादविक्रम बम ६० वर्षदेखि एक बिघा ६ कट्ठा ऐलानी जग्गा भोगचलन गर्दै आएका छन्।जग्गा भएर पनि सुकुम्वासीको जस्तो जीवन बिताउन बाध्य निसाद यतिबेला भने खुसी छन्।

चौधरीलाई सजाय माफीमा कारण माग

टीकापुर घटनामा दोषी ठहिएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले शुक्रबार कारण देखाऊ आदेश जारी गरेको छ।

टीकापुर उद्यानमा एकै दिन १० हजार पर्यटक

कैलालीको टीकापुरस्थित टीकापुर उद्यानमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार १० हजार छ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन्। उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन्।

रेशम चौधरीको मुद्दामा आजका लागि तोकिएको सुनुवाइ स्थगित

सरकारबाट कैद माफी पाएका रेशम चौधरीको मुद्दामा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

टीकापुरमा नागरिकता लिनेको संख्या दोब्बरले बढ्यो

इलाका प्रशासन कार्यालय टीकापुरमा नागरिकता बनाउनेको संख्या अत्याधिक बढेको छ।

प्रमुख प्रशासकीयले कार्यपालिका बैठकको निर्णय उल्ट्याए

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर विष्टले कार्यपालिकाको निर्णय उल्ट्याइ दिएका छन। उनले २०८० जेठ २० गतेको १६ औं कार्यपालिका बैठकले गरेको निर्णय उल्ट्याएका हुन।

टीकापुर घटनामा सम्लग्न :चार जना आज रिहा हुँदै

टिकापुरमा २०७२ भदौ ७ गते घटनामा संलग्न भएको आरोपमा कैलाली जिल्ला कारागारमा रहेका तीन सहित चारजना आज रिहा हुँदैछन्।

टीकापुरमा टिक्दैनन् नयाँ डिएसपी

नेपाल प्रहरी सङ्गठन भित्र दवङ्ग छवि बनाएका डिएसपी उद्धब भाट इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जबाट चार महिनामै सरुवा भए।

टिकापुर घटनामा सर्वोच्चले भन्यो, ‘फौजदारी कानुनको उल्लंघनमा आममाफी दिनु संविधान विपरीत’

सर्वोच्च अदालतले ‘टीकापुर घटना’लाई राजनीतिक क्रियाकलाप नभई फौजदारी अपराध भएको स्पष्ट पार्दै यस्तो घटनामा संलग्नलाई आममाफी मिनाहा दिने काम गर्नु संविधान विपरीत भएको ठहर गरेको छ।

कर्णाली नदी बस्तीमा पस्ने जोखिम : उच्च सतर्कता अपनाउन आग्रह

कैलालीको टीकापुर–५ टीकापुर उद्यान (पार्क)नजिक कर्णाली नदीले कटान तीब्र बनाएको छ। नदीले टीकापुर पार्क सिमानामा बनाइएको तटबन्धनको कटान तीव्र पारेकाले बस्ती जोखिममा परेको हो। पार्क क्षेत्रमा कर्णाली नदी तटबन्धन भत्किएमा टीकापुरको वडा नं ५, ६, ७, ८ र ९ वडा पूरै डुबान तथा कटानमा पर्ने देखिन्छ।

दुई वर्षमै दन्त चिकित्सालय बन्द, ४५ जनाले मात्रै पाए उपचार

टीकापुरस्थित रेडक्रस सोसाईटीद्वारा सञ्चालित दन्त चिकित्सालयमा गरेको लगानी बालुवामा पानी जस्तै भएको छ। चिकित्सालयमा झण्डै दुई वर्षको अवधिमा करिव ४५ जनाले मात्रै उपचार सेवा लिएका छन्।

टीकापुरका मेयर र उपमेयरबीच योजना भागबण्डामा जुट्यो सहमति

टीकापुर नगरपालिकाका मेयर र उपमेयरबीचको विवाद योजना भागबण्डामा टुङ्गिएको छ। दुई जना बीचको विवादले उग्र रूप लिएपछि तेह्रौं नगर सभा समेत प्रभावित बनेको थियो।

टीकापुरमा केरा खेती फष्टाउँदै

कैलालीको टीकापुर पछिल्लो समय केरा खेतीका लागि चिनिने गरेको छ। यहाँ अन्यभन्दा केरा खेतीबाट पर्याप्त आम्दानी हुने गरेको छ। बजारीकरणको समस्या नहुँदा किसान दिनप्रतिदिन केरा खेतीतर्फ आकर्षित हुन थालेका छन्।

दलित महिला सदस्य भन्छन्: अझै समाजमा छुवाछूत गरिन्छ

टीकापुर नगरपालिकाका–३ का वडा सदस्य कमलादेवी विश्वकर्माले समाजमा जातकै कारण हुने छुवाछूत कायम रहेको बताएकी छन।

नागरिकता विधेयक प्रमाणीकरण विवाद: तत्काल कार्यान्वयन नगर्न आदेश

सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणित गरेको नागरिकता विधेयकलाई कानुनका रूपमा कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्