१ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘कूटनीतिज्ञलाई दिएको चुनौतीको ह्वाइट हाउसले जबाफ दिन्छ’

अमेरिकी कूटनीतिज्ञ वा विपक्षी नेता जुवान गुआइडोमाथिको कुनै पनि प्रकारको चुनौतीलाई गतिलो जबाफ दिने संयुक्त राज्य अमेरिकाले भेनेजुएलालाई चेतावनी दिएको छ।

‘अमेरिका–तालिबान वार्तामा महत्वपूर्ण प्रगति’

संयुक्त राज्य अमेरिका र विगत १७ वर्षदेखि युद्धरत तालिबान समूहले अफगानिस्तानमा शान्ति स्थापनाका लागि भइरहेको वार्तामा निकै महत्वपूर्ण प्रगति भएको बताएका छन्।

बन्द रहेको सरकारी कार्यालय खोल्ने अस्थायी सहमति

अमेरिकी इतिहासकै सबभन्दा लामो समयसम्म आंशिक रूपमा बन्द रहेको सरकारी कार्यालय खोल्नेबारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्थायी सहमति गरेका छन्। राष्ट्रपति ट्रम्पले खर्चबन्दी अन्त्य गर्नेबारे विधेयकमा हस्ताक्षर गरेसँगै बजेटसम्बन्धी गतिरोध हालका निम्ति अन्त्य भएको हो। अमेरिका–मेक्सिको सीमामा पर्खाल लगाउनका लागि उनले माग्दै आएको पैसा नपाए पनि सरकारी खर्चबन्दीका कारण ३५ दिनसम्म आंशिक रूपमा बन्द रहेका सरकारी कार्यालय अस्थायी रूपमा खोल्न ट्रम्प सहमत भएको बिबिसीले उल्लेख गरेको छ।

अमेरिका र मेक्सिको

गएको पुस ७ (डिसेम्बर २२) गतेदेखि संयुक्त राज्य (संरा) अमेरिकाको सरकार आंशिक रूपमा बन्द छ। बन्दका कारण गृह सुरक्षा विभाग र कृषि विभागलगायत नौवटा विभागहरूका काम प्रभावित बनेका छन्। आठ लाखभन्दा बढी संघीय सरकारका कर्मचारीको जीवन बन्दका कारण प्रभावित बनेको छ। संरा अमेरिकाको इतिहासमा यो पटकको सरकारी कार्यालय बन्द हालसम्मकै सबभन्दा लामो बन्द हो। यसअघि बिल क्लिन्टन राष्ट्रपति रहँदा भएको बन्द २१ दिनसम्म चलेको थियो। सरकारी सेवामा कटौती गर्ने–नगर्ने विषयमा कुरा नमिल्दा त्यतिबेला पनि सरकारी कार्यालय बन्द भएका थिए। तर २१ दिनमा त्यसले निकास पाएको थियो भने अहिलेको बन्द भने अझै पनि टुंगिने छाँटकाँट छैन।

भेनेजुयलामाथि अमेरिकी हस्तक्षेपको नेकपाद्वारा भर्त्सना

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भेनेजुयलामा भएको पछिल्लो राजनीतिक घटनाक्रममा अमेरिकाले गरेको हस्तक्षेपको विरोध गरेको छ।

ट्रम्पको पत्रले उत्तर कोरियाली नेता किम दंग

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पठाएको पत्र पढेर उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उन निकै सन्तुष्ट भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। गत साता किमको सन्देश लिएर ट्रम्पलाई अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा भेटेका नेता किमका निकटम सहयोगी किम योङ–चोलको हातमा ट्रम्पले सो पत्र पठाएका थिए।

मादुरोले तोडे अमेरिकासँगको सम्बन्ध

संयुक्त राज्य अमेरिकाले भेनेजुएलाका विपक्षी नेता जुवान गुआइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएको भन्दै राष्ट्रपति निकोलस मादुरोले अमेरिकासँगको कूटनीतिक सम्बन्ध तोडेका छन्। अमेरिकासँगको सम्बन्ध तोडेका राष्ट्रपति मादुरोले अमेरिकी कूटनीतिज्ञलाई ७२ घण्टाभित्र भेनेजुएला छोड्न समय दिएका छन्। यद्यपि अमेरिकाले भने मादुरो पूर्वराष्ट्रपतिको हैसियतमा गइसकेकाले उनले आफूहरुलाई आदेश दिने कुनै अधिकार नभएको बताएको छ।

ट्रम्पले पठाए किमलाई पत्र

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई पत्र पठाएका छन्। उनले बुधबार उत्तर कोरियाली नेता किमलाई व्यक्तिगत रुपमा पत्र पठाएकाे अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जानकारी दिएको छ।

भिडियो गेमको व्यापार ४४ अर्ब डलर

संयुक्त राज्य अमेरिकामा भिडियो गेम उद्योगबाट सन् २०१८ मा करिब ४४ अर्ब अमेरिकी डलरको कारोबार भएको छ। यो कारोबार हालका वर्षकै सबैभन्दा उच्च हो। ‘फोर्टनाइट,’ ‘पोकेमोन गो’ समेतका लोकप्रिय भिडियो गेमको व्यापारबाट अमेरिकामा अर्बौं डलरको कारोबार भएको फ्रान्सेली समाचार एजेन्सी एएफपीले जनाएको छ।

‘दोस्रो अमेरिका–उत्तर कोरिया बैठकले ठोस निर्णय दिनुपर्छ’

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच हुने दोस्रो शिखर बैठकले ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाले बताएको छ। फेब्रुअरी महिनाको अन्त्यतिर हुने अनुमान गरिएको ट्रम्प–किम शिखर बैठकले कोरियाली प्रायःद्वीपलाई निःशस्त्रीकरण गर्नेबारे ठोस नतिजा दिनुपर्ने दक्षिण कोरियाका एक उच्च कूटनीतिज्ञले बुधबार बताएकी छन्।

नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न रुससमक्ष अमेरिकी माग

संयुक्त राज्य अमेरिकाले रुससमक्ष उसको नयाँ क्षेप्यास्त्र प्रणाली ध्वस्त गर्न सोमबार माग गरेको छ। रुसको नयाँ सामुद्रिक क्षेप्यास्त्र प्रणाली मध्यम–दूरी आणविक फौज (आइएनएफ)सम्बन्धी सन्धिको प्रत्यक्ष र निरन्तर उल्लङ्घन भएको भन्दै सो प्रणाली तत्काल अन्त्य गर्न वासिङ्टनले मस्कोसँग आग्रह गरेको समाचार एजेन्सी रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपतिद्वारा टिपिएस र डाकालाई तीन बर्ष समय थप्ने प्रस्ताव

यदि राष्ट्रपतिबाट प्रस्तावित विषयमा सहमति भए साँढे ८ हजार नेपालीसहित ३ लाखले टिपिएसबाट र ७ लाखले डाकाबाट थप तीन बर्ष अमेरिका बस्न पाउने छन्। अन्यथा टिपिएसको समय सकिएकोले आगामी जुनपछि टिपिएस नवीकरण नभएकोले आ–आफ्नो देश फर्किसक्नुपर्नेछ।

बिर्सिएका मूल्यवान् पाठ

अमेरिकी इतिहासमा चारपटक राष्ट्रपति निर्वाचित हुने एकमात्र व्यक्ति फ्रयाङ्कलिन रुजबेल्टकी पत्नी इलोनिर सन् १९५२ फेब्रुअरी २७ मा भारत आएकी थिइन्। भारत घुमेपछि केही दिनका लागि नेपाल जाने इच्छा उनले भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई बताइन्। नेहरुको जवाफ थियो– ‘तपाईँ नेपाल जाने म कुनै कारण देख्दिन।’ भारतको अनिच्छा बुझेपछि श्रीमती रुजबेल्टले नेपाल हेर्ने चाहना पूरा गर्न सकिनन्।

चीन र रुसलाई चुनौती दिन अमेरिकाले ल्यायो नयाँ मिसाइल प्रणाली

संयुक्त राज्य अमेरिकाले चीन र रसिया जस्ता देशहरुबाट आउन सक्ने सम्भाव्य चुनौतीको सामना गर्न नयाँ मिसाइल प्रतिरक्षा नीति अघि सारेको छ।

उत्तर कोरियाली उच्च कूटनीतिज्ञ वासिङ्टन यात्रामा

संयुक्त अधिराज्य अमेरिकासँग भएको निःशस्त्रीकरण वार्तामा सहभागी भएका उत्तर कोरियाका उच्च दूत किम योङ–चोल वासिङ्टन यात्राका लागि बिहीबार बेइजिङतर्फ गएको दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्