२ पुस २०८२ बुधबार
image/svg+xml

मकवानपुरमा सुमो दुर्घटना, एक जना घाइते

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ बतासेस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा बुधबार दिउँसो टाटा सुमो दुर्घटना भएको छ।

राष्ट्रिय सभा निर्वाचनः सातै प्रदेशमा निर्वाचन केन्द्र तोकिए, कुन प्रदेशको कहाँ?

आयोगले तोकिएका स्थानमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र राख्ने गरेको छ।

म झोले बन्न होइन, विवेक प्रयोग गर्ने कार्यकर्ता बन्न रास्वपामा आएको हुँ: राजिव खत्री

सञ्चारकर्मी राजिव खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बुधबार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच उनी औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्।

नेपालमा पढ्न विदेशी विद्यार्थी आकर्षित हुँदै

लुम्बिनी बौद्ध विश्वविद्यालयमा विदेशी विद्यार्थीको आकर्षण बढ्दै गएको छ । बौद्ध दर्शन तथा सो सम्बन्धित विषयहरू अध्ययनका लागि विदेशी विद्यार्थीको सङ्ख्या बढ्दै गएको विश्वविद्यालयले जनाएको छ ।

२४ सै घण्टा लेकसाइड खोल्ने पहल आफ्नै लागि घातक

पर्यटकले २४ सै घण्टा खुल्ने भनेर मध्यरातमा पनि सेवा माग गरेपछि लेकसाइडका पर्यटन व्यावसायीलाई व्यवस्थापनको सकस बनेको छ। बहुसंख्यक व्यावसायीले २४ सै घण्टा खुल्ने भन्ने प्रावधानका कारण सकस खेप्नुपरेको व्यावसायीको भनाई छ।

नेपाली सेनाले उदयपुरगढी–चौदण्डीगढीमा पदयात्रा गर्ने

नेपाली सेनाले जिल्लाका ऐतहासिक तथा सामरिक महत्वका स्थानहरुलाई पैदल मार्गले जोड्ने भएको छ ।

झापा पुगेर राजेन्द्र लिङदेनले भने: मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधारलगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन् ।

चलचित्र ‘ममी’ अब युट्यूबमा हेर्न पाइने

गत वर्ष माघमा रिलिज भएको चलचित्र ममी युट्यूबमा सार्वजनिक भएको छ । अभिनेत्री प्रियंका कार्की र दीया मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘ममी’ अब युट्यूबबाटै हेर्न मिल्नेछ ।

नेपाल हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुक धार्मिक, सांस्कृतिक, सम्पदा, पूर्वाधार लगायत हरेक दृष्टिकोणले सम्पन्न रहेको बताएका छन्।

कोदो, मकै फल्ने बारीमा सुन्तला बगैँचा : यस वर्ष १५ लाखको बिक्री

स्याङ्जाको पुतलीबजार नगरपालिका–७ ठुलाडिहीका यामबहादुर सेनले यसवर्ष सुन्तला बिक्रीबाट १५ लाख भन्दाबढी आम्दानी गरे ।

किराँत राईको धर्म-संस्कृति झल्काउने पार्क निर्माण

फिदिम नगरपालिका–३ लालीखर्कमा निर्माण गरिएको ‘ताया रुङरि खिम’ किराँत राई समुदायको धर्म, संस्कृति र परम्पराको जानकारी दिने महत्वपूर्ण स्थल बनेको छ।

एमाले महाधिवेशन: नेतृत्व चयनमा ‘हाइटेक’ अभ्यास, विद्युतीय मतदानमा उत्साहित प्रतिनिधि

नेकपा (एमाले) को ११ औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ।

भ्रष्टाचार र बेथितिविरुद्धको ‘विद्रोही’ कथा: ‘झरीपछिको इन्द्रेणी’

पर्दामा दर्शकलाई हसाएर मनोरञ्जन दिँदै आएका हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ यसपटक भने समाजका गम्भीर मुद्दा लिएर दर्शकमाझ आउने भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्